मिति:- ९ श्रावण २०८१, बुधबार | समय:-
ताजाखबरमुख्य खबरशिक्षासमाचार

१४ प्रकारका एन्टिबायोटिक औषधिमा प्रतिबन्ध

कालीकाेट- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले दुई वर्षअघि प्रयोगमा रोक लगाएका १४ प्रकारका एन्टिबायोटिक औषधि नेपाल सरकारले पनि  प्रतिबन्ध लगाउन थालेको छ । डब्लुएचओले सन् २०२१ मै प्रयोग नगर्न भनेका १०३ प्रकारका एन्टिबायोटिकमध्ये नेपाल सरकारले १४ प्रकारका एन्टिबायोटिक उत्पादन र वितरण राेक लगाएकाे हाे । आइन्दा यी एन्टिबायोटिक उत्पादन, बिक्री–वितरण तथा प्रयोग नगर्न औषधि व्यवस्था विभागले आइतबार सूचना जारी गरेको छ ।

१. एमोक्सिसिलिन/प्रोक्सा ।
२. एम्टिसिसिलिन/क्लोक्सा ।
३. एमोक्सिसिलिन/क्लोक्सा ।
४. एसिटिइस्पिरामेसिन तथा मेट्रोनिडाजोल ।
५. एम्ट्रिसिलन/डाई क्लोक्सा ।
६. बेन्जाएल प्यानिसिसिलिन र स्टे«प्सोमाइटिन ।
७. सेफिपाइम र सल्ब्याकटोम ।
८. किमिसेफिपाइम र क्लाबुल्याटिक एसिड ।
९. सेफोप्याराजोन र सल्ब्याकटम ।
१०. सेफोट्याक्सिन र सल्ब्याकटम ।
११. सेट्राइअब्सन र सल्ब्याकटम ।
१२. सेट्राइअब्सन र ट्याजोब्याक्टोम ।
१३. सेफ्रुरअक्सिम र क्लाबुल्यानिक एसिड ।
१४. ओफ्फोल्क्सासिन र अर्निलाजोल ।

यी एन्टिबायोटिकले स्वास्थ्यमा हानि पुर्‍याउने तथा शरीरको रोग प्रतिरोधात्मक क्षमता घटाउन सक्ने डब्लुएचओको चेतावनी छ । विभागले यस्ता एन्टिबायोटिकको सूची नै सार्वजनिक गर्दै मौज्दात अवस्थामै रहेको भए पनि वितरण र प्रयोग तत्काल बन्द गर्न निर्देशन दिएकाेछ । सरकारले एन्टिबायोटिकको जथाभावी प्रयोग रोक्न र यसको प्रयोगमा न्यूनीकरण गर्न प्रतिजैविक प्रतिरोधको विश्वव्यापी कार्य योजनामा मेल खाने गरी ‘एक स्वास्थ्य अवधारणा’ (वन हेल्थ अप्रोच) अनुरूप राष्ट्रिय कार्ययोजना तयार गरिसकेको जनाएकाे छ ।  कार्ययोजनाअनुरूप एन्टिबायोटिक प्रयोगलाई नियन्त्रण गर्न लागिएको विभागले जनाएको छ ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button