मिति:- २३ बैशाख २०८१, आईतवार | समय:-
ताजाखबरमुख्य खबरराष्ट्रियसमाचारसुचना प्रबिधीस्थानीय

नेशनल आइसीटी स्कलर सिप २०८० घोषणा

काठमाडाै‌- क्यान महासंघको पहलमा प्राविधिक शिक्षा बिएससी आइसीटी अध्यायनका लागि संचालित नेशनल आइसीटी स्कलरसिप २०८० घोषणा गरिएको छ । सातै प्रदेशका विद्यार्थीले समान अवसर पाउने गरी प्रत्येक प्रदेश बाट १ जनाका दरले ७ जना छात्रालाई पुर्ण छात्रबृति र ४२ जना बिद्यार्थीलाई आंसिक छात्रबृति दिने गरी नेशनल आइसीटी स्कलर सिप २०८० घोषणा गरिएको क्यान महासंघका निबर्तमान अध्यक्ष तथा स्कलरसिप समितिका संयोजक नवराज कुवरले बताउनु भयो ।

ग्रामिण क्षेत्रमा सूचना प्रबिधिको बिकास र सबै नागरिक प्रबिधिको पहुँच पुर्याउने उदेश्यले लर्ड बुद्ध एजुकेसन फाउन्डेसन कलेज संगको सहकार्यमा क्यान महासंघले स्कलरसिप कार्यक्रमको घोषणा गरेको हो । ४९ जना बिद्यार्थीले करिव २ करोड ८३ लाख रुपैया बराबरको छात्रबृति रकम प्राप्त गर्ने भएका छन् । नेपाल सरकारवाट मान्यताप्राप्त शिक्षण संस्थाबाट प्लस टु वा सो सरह उत्तीर्ण गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याएका विद्यार्थीहरुले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन ।

छात्रवृत्ति प्रदान गर्नका लागि क्यान महासंघले केन्द्रिय स्तरमा निवर्तमान अध्यक्ष नवराज कुँवरको संयोजकत्वमा सचिवद्वय शेखर दुलाल, ठाकुर कुमार श्रेष्ठ, भुपाल दास श्रेष्ठ, नारायण प्रसाद श्रेष्ठ तथा केन्द्रिय सदस्यद्वय राजु कट्टेल र सरिता न्यौपाने रहेको छात्रबृति छनौट समिति गठन गरेको छ । छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले क्यान महासंघको वेबसाइट www.can.org.np र लर्डबुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइट www.lbef.org मार्फत २०८० साल भदौ २० गतेभित्र आवेदन दिन सक्ने क्यान महास‍घका महासचिव चिरञ्जीवी अधिकारीले बताउनु भयाे ।

आवेदन दिँदा कक्षा १० र १२ को मार्कसिटको प्रतिलिपिका साथै एउटा फोटो, नागरिकता वा जन्मदर्ता प्रमाणपत्र र स्थानीय सरकारको सिफारिस पत्र पेश गर्नुपर्ने छ ।

यस छात्रवृती मार्फत देशका दुर्गम क्षेत्रमा रहेका विपन्न वर्गका विद्यार्थीहरुले सुचना तथा संचार प्रविधिको क्षेत्रलाई आफ्नो ब्यापार ब्यबसाय बढाउन र कार्यान्वयनको चरणमा रहेको डिजिटल नेपाल फ्रेमवर्कलाई अगाडी बढाउन समेत सहयोग पुग्ने  क्यान महासंघका अध्यक्ष रणजित कुमार पोदारले बताउनु भयो ।

 

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please, off your Ad Blocker