कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय
कर्णाली सरकारको बजेट ३३ अर्ब ३७ करोड ९७ लाख सार्वजनिक (पूर्णपाठ)
सुर्खेत— कर्णाली प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८०र०८१ का लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आन्तरिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले प्रदेशसभा बैठकमा शुक्रबार उक्त बजेट सार्वजनिक गर्नु भएको हो । चालुतर्फ ९ अर्ब २० लाख २४ हजार र पुँजीगत तर्फ १९ अर्ब ९७ करोड ७२ लाख ४३ हजार बजेट विनियोजन गरिएको छ । बजेटमा स्थानीय तहको वित्तीय हस्तान्तरण तर्फ ४ अर्ब ८० करोड ४ लाख ४० हजार विनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा कर्णालीको बजेट ३२ अर्ब ७४ करोड ९ लाखको थियो ।