मिति:- ११ श्रावण २०८१, शुक्रबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

बोलेरो दुर्घटना हुदा तीन जनाको मृत्यु

कालीकोट– शुभकालीका गाउँपालिका ६ को गविरा भन्ने ठाउँमा शनिबार राती लु १ च ८४९८ नम्बरको बोलेरो गाडी दुर्घटना भएको छ । दुर्घटनामा परि बोलेरो चालक शुभकालीका २ बर्ष ३० हर्क बि.क, शुभकालीका ८ बर्ष ३१ रामबहादुर शाही र दैलेख नौमुले ३ बर्ष २५ गोपाल सलामी मगरको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी जयश्वर रिमालले बताउनु भयो । बेउली पान्तडी सडक खण्डको चौकी बजारबाट हाउडी हुदै गाउँपालिका कार्यालय तर्फ आउदै गरेको बोलेरो गाडी दुर्घटना भएको वडा नं. ६ का अध्यक्ष दिप बहादुर शाहीले बताउनु भयो । उद्दारका लागि प्रहरी निरिक्षक यज्ञराज जोशीको टोली घटना स्थल पुगेको जिल्ला प्रहरी कार्यालय कालीकोटले बताएको छ ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button