मिति:- १२ बैशाख २०८१, बुधबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचार

पलाँताका घाइतेलाई थप उपचारका लागि सदरमुकाम ल्याइयो

कालीकोट–कालीकोटको पलाँता गाउँपालिका ६ मा बलत्कार मुद्दाका आरोपितलाई पक्राउ गर्ने क्रममा स्थानीयले ढुङ्गामुढा गर्दा सोमबार घाइते भएका प्रहरी सहायक निरिक्षक सहित एक स्थानीयलाई पलाँता अस्पतालबाट जिल्ला अस्पताल सदरमुकाम मान्म ल्याइएको छ । सोमबार नै हेलीकप्टर मार्फत प्रदेश अस्पताल सुर्खेत लैजाने तयारी गरिए पनि हेलिकप्टर आउन नसकेपछि गएराती पलाँता अस्पतालमा उपचार गरिएको र थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय कालीकोटका निमित्त कार्यालय प्रमुख तथा सूचना अधिकारी सुबराज बमले बताउनु भयो ।

बलात्कार मुद्दामा फरार  रहेका शंक बहादुर बुढा घरमा आएको जानकारी पाएपछि प्रहरी प्रकाउ गर्न गएको थियो । पलाँता–४ को कयरदेवबाट प्रहरी सहायक निरीक्षक लक्ष्मीरुन्द्र रावलको नेतृत्वमा गएको टोलीमाथि स्थानीयले ढुङ्गामुढा गर्दा प्रहरी सहायक निरीक्षक रावल र प्रहरीलाई सहयोग गर्ने वडा–५ का धनमान विक घाइते भएका थिए । हत्कडी सहित भागेका अभियुक्तको खोजीका लागि प्रहरी निरिक्षक यज्ञराज जोशीको कमाण्डमा थप प्रहरी टोली घटना स्थल पुगेको छ ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please, off your Ad Blocker