मिति:- ५ जेष्ठ २०८१, शनिबार | समय:-
Uncategorizedकर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

कर्णाली राजमार्ग संग जोडिदै महाबै

कालीकोट- यहाँको महाबै गाउँपालिका कर्णाली राजमार्ग संग जोडिने भएको छ । पुर्वाधार विकास कार्यालय कालीकोटले महाबै गाउँपालिकाको पाद्मघाट देखि सेरावाडा सम्म सडक निर्माण कार्य सुरु गरेको पुर्वाधार विकास कार्यालय कालीकोटका प्रमुख रामचन्द्र विसीले बताउनु भयो । यस सडकको कुल ३ करोड लागत स्टमेट रहेको छ ।

यो क्रमातगत योजना हो । यसबर्ष १ करोड ५० लाखको रकम विनियोजन भएकाले सोहि अनुसार ठेक्का खोलीएको प्रमुख बिसीले बताउनु भयो । स्थानीयलाई सहज आवतजावतका लागि पाद्मघाट देखि सेरावाडा सम्म करिब ४ किलोमिटर सडक निर्माण गर्ने गरी कार्य अघि बढाइएको महाबै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताउनु भयो ।

सडक निर्माणको ठेक्का लक्ष्मण सत्यवती जेभि सुर्खेतले पाएको छ । सडक निर्माण भएपछि सदरमुकाम मान्म देखि कर्णाली राजमार्ग हुदै गाउँपालिका कार्यालय पाद्मघाट सहजै पुग्न सकिने छ । दैलेखको महाबु हुदै कालीकोटको महाबै गाउँपालिका पुगेको सडकले महाबै गाउँपालिकाका पाँच वडा सडक संग जोगिएका छन् । महाबै गाउँपालिकामा ७ वटा वडा छन् ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please, off your Ad Blocker