मिति:- ८ श्रावण २०८१, मंगलवार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

संरचनाकाे अभावमै ‘कोटदवार’

  • ललित विष्ट
    कालीकोट – सदमुकाम मान्मको प्रतिमाचोकदेखि २ किलोमिटर टाडा रहेको पर्यटकीय स्थल हो कोटदवार । राजा मलैबम्ब बसेको ठाउँलाई हाल कोटदरवार भनेर चिन्ने गरिन्छ । कालीकोट जिल्लामा रहेका अन्य पर्यटकीय स्थल जस्तै कोटदवार क्षेत्रलाई पनी महत्वपुर्ण पर्यटकीय स्थलको रुपमा चिन्न सकिन्छ । दशै,तिहार,नयाँ वर्ष लगाएतका अन्य चार्डपर्वहरुमा यहाँ थुप्रै आन्तरीक पर्यटकहरु घुम्न आउने गर्दछन ।
    आन्तरिक तथा बाह्य पर्यटकहरु कालीकोट पुगेपछी कोटदरवार क्षेत्रमा पुपेर रमाईलो गर्ने गर्दछन् । विडम्वना नत कुनै संरचना नै छन् । नत खानेपानी सम्मको व्यवस्था नै छ । घुम्न आउने पर्यटकहरुले खानेकुरा देखि अन्य आवश्यक सामाग्री लिएर कोटदरवार क्षेत्रमा पुग्ने गर्दछन । स्थानीय सरकार तथा प्रदेश सरकारबाट बेलाबखत रकम विनियोजन गरेपनी हाल सम्म पर्यटकीय स्थलको विकास निर्माणमा भने विकास भएको देखिदैन ।
    २०७४ पछीको स्थानीय तह खाँडाचक्र नगरपालिकाले कोटदरवार क्षेत्र संरक्षणका लागि ग्याविन तार,३ वटा प्रतिक्षालय,धारो र सालिक राख्नका लागि आवश्यक काम गरेपनी हाल सवै संरचनाहरु संरक्षणको अभावमा छन्। विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले कोटदरवार क्षेत्रमा बृक्षारोपण गरेपनी हाल सम्म कुनै विरुवाहरु जाग्न सकिरहेका छैनन् । कोटदवार क्षेत्र कहिले चरिचन बन्ने गरेको छ त कहिले फोहोर फोहोरको थुप्रो बन्ने गरेको छ । अहिले पर्यटकीयक्षेत्र सुधारको लागि आउने वजेट अनेत्र खर्चगरेर कोटदवारको मुहार फेने काम नभएको स्थानीयको गुनासो छ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button