कालीकाेट- यहाँको राष्काेट नगरपालिकाले घर-घरमै पुगेर सामाजिक सुरक्षा भर्ता बितरण सुरु गरेको छ । बुद्ध अवस्थाका बुढा आमा बाबाहरु सहजै बैक सम्म पुग्न नसक्ने भएपछि बैक संगकाे समन्वयमा नगरपालिकाले घरमै पुगेर सामाजिक सुरक्षा भर्ता वितरण गर्न थालेको हाे ।
नगरपालिकाका सबै वडाहरु बाट सामाजिक सुरक्षा भर्ता वितरण गर्न थालिएको नगर प्रमुख धर्मराज शाहीले बताउनु भयाे । घर-घरमै पुगेर स्थानीय सरकारले बृद्ध भर्ता दिने थालेपछि स्थानीय नागरिक खुशी भएका छन् ।