
कालीकाेट- तिलागुफा नगरपालिकाको तेस्रो नगरपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता साेमबार कालिका मा.बि राँचुलिमा उद्घाटन भएको छ । प्रतियाेगिताकाे उद्घाटन नगर प्रमुख शंकर प्रसाद उपाध्यायले गर्नु भएको हाे । उपाध्यायले प्रत्येक वडा हरुले जग्गा उपलब्ध गराएको खण्डमा अबको ५ बर्ष अर्थात आफ्नो कार्यकालमा ११ वटै मा.बि हरुमा पालिका स्तरिय रंगशाला निर्माण गर्ने प्रतिबद्धता गर्नु भएको छ ।
प्रतियोगिताकाे उद्घाटन सभामा नगर उपप्रमुख महेन्द्र बहादुर शाहीले खेलकुद स्वास्थ्य र राष्ट्रका लागि भएकाले नगरपालिकाले खेल क्षेत्रमा लगानी बढाउने बताउनु भयाे । खेलकुदमा तिलागुफाका सबै मावि बिद्यालय सहभागी हुने जनाइएको छ ।
I love what you guys tewnd to be up too. This type of
clever work and reporting! Keep uup the fantastic works guys I’ve included you
guys to my personal blogroll. https://Hallofgodsinglassi.wordpress.com/