मिति:- ११ श्रावण २०८१, शुक्रबार | समय:-
ताजाखबरशिक्षासमाचारसमाज

कालीकोटमा समुदाय प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी

कालीकोट– जिल्ला प्रहरी कार्यालय कालीकोटले संचालन गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी देखिएको छ । जिल्ला प्रहरी कार्यालयले जिल्लामा सबै स्थानीय तहका बस्ती स्तरमा नागरिक सचेतना कार्यक्रम संचालन गरिरहेको छ । बिहिबार प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले नरहरीनाथ गाउँपालिका १ को श्री नन्दादेवी माध्यामीक बिद्यालय कोटवाडामा विद्यालयका शिक्षक, विद्यार्थी र स्थानीयको सहभागितामा वालविबाह, वहुविबाह र जातिय विभेद न्युनिकरण सम्बन्धि प्रशिक्षण कार्यक्रम संचालन गर्नु भएको छ ।

कार्यालयले घरेलु हिंसा, बालविवाह, बहुबिवाह, जातिय बिभेद, सामाजिक कुरिती, कुसंकार, ट्राफिक नियमको पालन लगायतका बिषयमा अभियान चलाइ रहेको रिमालले बताउनु भयो । जिल्लामा रहेका सबै इलाका प्रहरी कार्यालय,प्रहरी चौकी, अस्थायी प्रहरी पोष्टबाट समेत अभियान चलाइएको छ ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button