मिति:- ८ श्रावण २०८१, मंगलवार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारसमाज

नगरमै हुने भयो भिडियो एक्सरे सेवा सुरु

कालीकोट तिलागुफा नगरपालिकाले नगर अस्पतालमै भिडियो एक्सरे हुने गरी स्वास्थ्य सेवा सुरु गरेको छ । नगर अस्पतालमै भिडियो एक्सरे सेवाहरु भएपछि स्थानीय खुशी भएका छन् । नागरिकको स्वास्थ्य अधिकार पुरा गर्न नगरपालिकाले भिडियो एक्सरे सेवा सुरु गरेको नगरपालिका उपप्रमुख महेन्द्र बहादुर शाहीले बताउनुभयो ।

भिडियो एक्सरे सेवा सुरु भएपछि गर्भवती तथा अन्य पेटको समस्या भएका स्थानीयले जिल्ला सदरमुकाम तथा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला जानु पर्ने समस्याको अन्त्य भएको छ । सोमबार बाट सुरु भएको भिडियो एक्सरे सेवा नियमित संचालन तथा ब्यवस्थापनका लागि आवश्यक सहजिकरण गर्न प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण चौलागाई नगर अस्पताल पुग्नु भएको छ । डाक्टर टंक आर्चाय नगर अस्पतालमा पहिलो पटक चलाएर तिलागुफा ४ कि बिन्दा शाहीको गर्भ अवस्था चेक गर्नु भएको हो ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button