कालिकोटका आठ वटा स्थानीयतह संकटग्रस्त क्षेत्र घोषणा गर्न माग

कालीकोट —कालीकोटमा बाढी र पहिरोले सबैभन्दा धेरै क्षति पुयाएका आठ वटा गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सङ्घीय सरकारसँग माग गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा बिहीवार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कालीकोटका तिलागुफा,खाँडाचक्र,रास्कोट नगरपालिका र महाबै,शुभकालीका, सान्नीत्रिवेणी, पचालझरना र पलाँता गाउँपालिका केहि बस्तीलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग गर्दै सङ्घीय सरकारलाई राहत, उद्धार र पुनस्र्थापनाका लागि अनुरोध गरिएको छ ।
समितिको बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा ३२ को ९१० बमोजिम जिल्लाका आठ वटा पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न गृह मन्त्रालयमा सिफारिस गरी पठाइएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्मा बताउनु भयो । बाढी र पहिरोले कालीकोटमा पाँच जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता भएका छन् । प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार यहाँका २ सय ३८ घर पुर्णक्षेती र १ सय ५० घर आंसिक क्षेती भएका छन् ।
यस्तै कर्णाली राजमार्ग र कर्णाली करिडोरका केहि भागहरु नदिसंगै मिसिएका छन् ।
गएको असोज १९ गतेदेखि लगातार ५ दिन सम्म परेको अविरल वर्षा पछिआएको बाढीले कर्णाली राजमार्ग अवरुद्ध छ । जिल्लाको सबै शक्ति प्रयोग गरेर सडक खुलाउने काम भइरहेको प्रशासन कार्यालयले जनाएको छ ।
You have made some decent points there. I checked
on the internet to learn more about the isxue and foujd most
indviduals will go allong wityh your vviews on this web site. https://hot-fruits-glassi.blogspot.com/2025/08/hot-fruitsslot.html