जिल्ला निर्वाचन कार्यालय डोल्पाले भन्यो
६ महिना भित्र निर्वाचन खर्चको विवरण बुझाउ

धन बहादुर के.सी
डोल्पा–स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवार भई निर्वाचन खर्च नबुझाएका उम्मेदवारहरुलाई ६ महिना भित्र निर्वाचन खर्च बुझाउन जिल्ला निर्वाचन कार्यालय डोल्पाले सूचना जारी गरेको छ । स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षमा उम्मेदवारी दिएका तर निर्वाचन खर्च नबुझाएका उम्मेदवारले ३ लाख ५० हजारका दरले जरिवाना बुझाउनु पर्ने छ ।
त्यस्तै गाउँपालिकाको वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्यमा उम्मेदवारभई निर्वाचन खर्च नबुझाएका उम्मेदवारले जनही १ लाख ५० हजारका दरले जरिवाना रकम बुझाउनु पर्ने छ । नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवारीभइ निर्वाचन खर्च नबुझाउने उम्मेदवारले जनही ४ लाख ५० हजार र नगरपालिकाको वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्यमा उम्मेदवारभई निर्वाचन खर्च नबुझाएका उम्मेदवारले जनही २ लाखका दरले जरिवाना बुझाउनु पर्ने आयोगले प्रष्ट पारेको छ । आयोगले निर्वाचन आयोग ऐन २०७३ को दफा २४ बमोजिम आयोगले निधारण गरेबको खर्चको हद अनुसार हुने गरी सोही ऐनको दफा २६ को उपदफा १ बमोजिम जरिवाना तोकेको जनाएको छ । निर्वाचन खर्च नबुझाएका तर स्थानीय तह निर्वाचनमा बिजयी भएका उम्मेदवारहरुले ६ महिना भित्र जरिवाना नबुझाएमा पदीय दायित्वमा नरहने निर्वाचन आयोगका सूचना अधिकारी सूर्य प्रसाद अर्यालले बताउनु भयो । निर्वाचनमा पराजित भएकाहरुले पनि ६ महिना भित्र जरिवाना नबुझाए आगामी कुनैपनि निर्वाचनमा भाग लिन पाउने छैनन् ।
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycrypto casino.
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino slot machine.