मिति:- १० श्रावण २०८१, बिहीबार | समय:-
ताजाखबरमुख्य खबरसमाचार

निर्वाचन खर्च विवरण नबुझाउने कालिकोटका एक हजार सात सय २७ जनालाई जरिवाना

कालिकोट–स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवार भई निर्वाचन खर्च नबुझाउने कालिकोटका १ हजार ७ सय २७ जनालाई निर्वाचन आयोगले जरिवाना तोकेको छ । स्थानीय तह निर्वाचनमा कालिकोटका १ हजार ८ सय ७५ जनाले उम्मेदवारी दिएका थिए । उम्मेदवारी दिएका मध्य १ सय २७ जनाले समयमै, र ३१ जनाले बिलम्ब गरी निर्वाचन आयोगलाई खर्च बिवरण बुझाएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी धनबहादुर मल्लले बताउनु भयो ।

स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षमा उम्मेदवारी दिएका तर निर्वाचन खर्च नबुझाएका ५९ जनालाई आयोगले जनही ३ लाख ५० हजारका दरले जरिवाना तोकेको छ । त्यस्तै गाउँपालिकाको वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्यमा उम्मेदवारभई निर्वाचन खर्च नबुझाएका ९ सय ८४ जनालाई जनही १ लाख ५० हजारका दरले जरिवाना तोकेको छ । नगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवारीभइ निर्वाचन खर्च नबुझाउने २६ जनालाई जनही ४ लाख ५० हजार र नगरपालिकाको वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्यमा उम्मेदवारभई निर्वाचन खर्च नबुझाएका ६ सय ५८ जनालाई जनही २ लाखका दरले जरिवाना तोकेको छ ।

आयोगले निर्वाचन आयोग ऐन २०७३ को दफा २४ बमोजिम आयोगले निधारण गरेबको खर्चको हद अनुसार हुने गरी सोही ऐनको दफा २६ को उपदफा १ बमोजिम जरिवाना तोकेको जनाएको छ । निर्वाचन खर्च नबुझाएका तर स्थानीय तह निर्वाचनमा बिजयी भएका उम्मेदवारहरुले ६ महिना भित्र जरिवाना नबुझाएमा पदीय दायित्वमा नरहने निर्वाचन आयोगका सूचना अधिकारी सूर्य प्रसाद अर्यालले बताउनु भयो । निर्वाचनमा पराजित भएकाहरुले पनि ६ महिना भित्र जरिवाना नबुझाए आगामी कुनैपनि निर्वाचनमा भाग लिन पाउने छैनन् ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button