प्रहरी भन्छ : बलात्कारको आरोपमा लामिछानेमाथि अनुसन्धान अगाडि बढाएका छौँ

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार आरोपमा अनुसन्धान प्रक्रिया अघि बढेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार एक १७ वर्षीया किशोरीले लामिछानेविरुद्ध पटक-पटक बलात्कार गरेको आरोप लगाएकी हुन् ।
पीडित किशोरीका अभिभावकले मंगलबार महानगरीय प्रहरी वृत्त, गौशालामा जाहेरी दिएका हुन् । जाहेरीमा लामिछानेले गत भदौ ५ गते काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा लगेर त्यसको भोलिपल्ट गौशाला क्षेत्रमा रहेको एक होटेलमा लगी बलात्कार गरेको आरोप लगाइएको छ ।
प्रहरीको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान सन्दीप लामिछानेले मिति २०७९।०५।०५ गते काठमाडौं र भक्तपुरको विभिन्न स्थानहरुमा लगी काठमाडौं ल्याई रातको अन्दाजी २३:५५ बजे का.जि.का.म.न.पा. ९ स्थित एक होटलको कोठा नं. ३०५ मा मिति २०७९।०५।०६ गते रातको अन्दाजी ००:२५ बजे पटक-पटक जबर्जस्ती करणी गरेकोलगायत उल्लेख गरी मिति २०७९।०५।२१ गते प्रहरी वृत्त, गौशालामा जाहेरी दरखास्त दिएको ।’
त्यस्तै प्रहरीले पीडितलाई एकद्वार संकट व्यवस्थापन केन्द्रमा विस्तृत स्वास्थ्य परीक्षण गरिएको जनाएको छ । काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी भरतबहादुर बोहराले जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाइएको बताएका छन् । कान्तिपुरसँगको कुराकानीमा उनले भने, ‘अहिले अनुसन्धानको प्रारम्भिक चरणमै छ । अनुसन्धानमा कुनै पनि कसुर नराखी तथ्यप्रमाण जुटाउँछौँ ।’ लामिछानेलाई कसरी ल्याउनुहुन्छ भन्ने प्रश्नमा बोहराले भने, ‘त्यो पछिको कुरा हो । अहिले जाहेरीका आधारमा अनुसन्धानमा छौँ।’
नेपाली टोलीको नेतृत्व गर्दै लामिछाने केन्याविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङखला खेल्न भदौ ६ गते राजधानी नैरोबीतर्फ प्रस्थान गरेका थिए । त्यसको अघिल्लो रात लामिछानेले आफूमाथि जबर्जस्ती करणी गरेको जाहेरी किशोरीले दिएकी हुन् । आफूले स्न्याप च्याटमार्फत एक प्रशंसकका रूपमा लामिछानेसँग कुराकानी गर्ने गरेको र त्यसकै आधारमा भेट्न बोलाएर भदौ ५ मा नगरकोट घुमाउन लागेको पनि पीडित किशोरीले जाहेरीमा उल्लेख गरेकी छन् । लामिछाने हाल क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन् ।
उनी केन्यासँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङखलापछि क्यारेबियन प्रिमियर लिग खेल्न त्यसतर्फ लागेका थिए । उनले केन्यासँगको एकदिवसीय शृङखला भने खेलेका थिएनन् ।
इन्डियन प्रिमियर लिग, बिग ब्यास लिगजस्ता फ्रेन्चाइज प्रतियोगिता खेलेर ग्लोबल स्टार बनेका लामिछाने जनवरीयता नेपाली राष्ट्रिय टोलीका कप्तान छन् । उनी सन् २०१६ देखि नेपाली टोलीबाट लगातार खेल्दै आएका छन् ।
मुलुकी अपराध संहिताको दफा २१९ अनुसार कसुर पुष्टि भए लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुन सक्छ ।
यो समाचार हामीे कान्तिपुर दैनिक बाट लिएका हौं ।
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycrypto casino.
2025’in en iyi sıralamalı online casinolarını keşfedin. Bonusları, oyun seçeneklerini ve güvenilirliği karşılaştırarak güvenli ve kazançlı oyun deneyimi yaşayınkripto casino