मिति:- ३ श्रावण २०८१, बिहीबार | समय:-
अर्थ/वाणिज्यताजाखबरमुख्य खबर

नेप्से झन्डै २४ अङ्कले बढ्यो, ६ अर्ब बढी रुपैयाँको कारोबार

शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार २३ दशमलव ७६ अङ्कले बढेर दुई हजार आठ सय ४३ दशमलव ६२ विन्दुमा पुगेको छ ।आज बैंक, व्यापार र लगानीबाहेक अरू सबै समूहको शेयर उकालो लागेको छ । बीमा, विकास बैंक, होटल र अन्य समूहको शेयर उच्च अङ्कले बढेको छ ।

नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो साेमवार सात अर्ब ७७ करोड रुपैयाँको कारोबार भएकोमा आज ९९ लाख ७७ हजार कित्ता शेयर ६ अर्ब सात करोड रुपैयाँमा किनबेच भएका छन् ।

आज साहस ऊर्जा कम्पनीको शेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि विशाल बजार कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै तीन प्रतिशतले घटेको छ । याे खबर हामीले उज्यालाे अनलाइन बाट लिएका हाै‌ ।

सराेज अधिकारी

सरकारी सेवामा कार्यरत सरोज अधिकारी पर्यटन र साहित्यमा रुचि राख्नु हुन्छ ।

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button