मिति:- ८ श्रावण २०८१, मंगलवार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबर

विपदमा परी निधन भएका व्यक्तिका परिवारलाई २ लाख राहत दिने प्रदेश सरकारकाे निर्णय

कर्णाली प्रदेश विपद व्यवस्थापन परिषदको बैठक माननीय मुख्यमन्त्रीज्यूको अध्यक्षतामा आज प्रदेश कार्यालयमा सम्पन्न भएको छ । बैठकले बाढी पहिरो लगायतका विपदमा परी निधन भएका व्यक्तिका परिवारलाई प्रदेश सरकारले गरेको सामुहिक विपद दुर्घटना विमाबाट प्राप्त हुने २ लाख रुपैया तत्काल राहत उपलब्ध गराउने निणर्य गरेको छ । विपदमा परी घाईते भएकाहरुको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने व्यवस्था मिलाउने, विपदका कारण अवरुद्ध भएका सडक, पुल, खानेपानी, सिंचाई र विद्युत पूर्वाधारको मर्मत सम्भार गरी तत्काल सुचारु गर्ने लगायतका निर्णय भएका छन् ।
त्यस्तै अन्नवालीमा भएको क्षतिको एकिन विवरण संकलन कृषकहरुलाई क्षतिपुर्तीको व्यवस्था गर्ने, पुर्णरुपमा क्षति भएका घरहरुको विवरण संकलन गरी संघीय र स्थानीय सरकारसंग समन्वय गरी पुनःनिर्माण तथा पुनस्थापना गर्ने, विपदका कारण क्षतिग्रस्त विद्यालय भवन र स्वास्थ्य चौकीका भवनको लगत संकलन गरी पुनःनिर्माणको व्यवस्था मिलाउने निर्णय गरेको छ ।

सराेज अधिकारी

सरकारी सेवामा कार्यरत सरोज अधिकारी पर्यटन र साहित्यमा रुचि राख्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button