मिति:- २६ बैशाख २०८२, शुक्रबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

मोटरसाइकल दुर्घटनामा पाण्डेकाे मृत्यु

कालीकोट- मोटरसाईकल दुर्घटनामा गम्भीर घाइते भएका समाजसेवी धनकृष्ण पाण्डेको मृत्यु भएको छ । खाँडाचक्र–३ ताडी बस पार्कबाट भौरुकुनास्थित घर जाने क्रममा आइतबार राति पाण्डे दुर्घटनामा परेका हुन् ।

कर्णाली प्रदेश ०२००२ प ५८७६ नम्बरको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका ४० वर्षीय पाण्डेकाे कालीकोट जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि सुर्खेत लैजाने क्रममा दैलेखको पाल्ताडामा सोमबार बिहान ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसपार्कबाट उकालो क्याम्पस रोड हुँदै घर जाने क्रममा मोटर साइकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकाेटका प्रमुख डिएसपी टेक बहादुर रावतले बताउनु भयाे । राति भीरबाट मोटरसाइकल अनियन्त्रित भएर खसेको उनको भनाइ छ ।

मोटरसाइकल सहित उनी सडकबाट ६ सय मिटर तल सडकमा खसेका थिए । टाउकोमा गम्भीर चोट लागेर घाइते भएका पाण्डेलाई सुर्खेत रेफर गरिएकोमा बाटैमा निधन भएको हो । उनी खाँडाचक्र ३ ताडी बजार व्यवस्थापन समिति र पाल्तमहादेव सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षसमेत हुन् ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker