मिति:- १३ कार्तिक २०८१, मंगलवार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरराजनीति

राप्रपाको कर्णाली अभियानः कालीकोटमा आज आमसभा हुदै

कालीकोट– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कर्णाली अभियान अन्तरगत आज कालीकोटमा आमसभा हुने भएको छ । अभियानका क्रममा राप्रपाले कर्णाली प्रदेशका ६ ठाउँमा आमसभा गर्ने भएकाे छ । राप्रपाले मंगलबार सल्यानको सल्लीबजार, बुधबार सुर्खेतको बाबियाचौर, बिहिबार दैलेखको दुल्लुमा आमसभा सम्पन्न गरेको छ । त्यस्तै शुक्रबार आज कालीकोटको मान्म, शनिबार जुम्लाको गोठीजिउला र आइतबार मुगुको गमगडीमा पुगेर आमसभा सकिने छ ।

आमसभालाई सम्बोधन गर्न राप्रपाका केन्द्रीय नेताहरु कर्णाली प्रदेश पुगेका छन् । अभियानका लागि राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री कुन्तीकुमारी शाही र प्रमुख सचेतक ज्ञानबहादुर शाहीलगायतका नेता कर्णाली पुगेका हुन् । जनताका कुरा सुन्न र आफ्ना कुरा भन्न राप्रपाका नेताहरू कर्णाली यात्रामा निस्किएको बताइएको छ ।

राष्ट्रको एकीकरण, भाषा, सभ्यता, संस्कृतिमा अग्रणी भूमिका खेलेको कर्णालीलाई राज्यले हरेक कुरामा पछाडि पार्ने कुचेष्टा गरिएको राप्रपाको आरोप छ । कर्णालीलाई नगन्य प्रदेशको रूपमा स्थापित गर्ने मान्यतालाई भत्काएर जागरण पैदा गर्ने उद्देश्यले कर्णाली अभियान सुरु गरिएको प्रमुख सचेतक शाहीले बताउनु भयो ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button

Adblock Detected

Please, off your Ad Blocker