कर्णालीका मन्त्रीहरु कार्य बिभाजन सहित प्रभावित क्षेत्रमा

मुख्यमन्त्री राजकुमार शर्मा सोमबार बिहानैदेखि प्रभावित क्षेत्रमै रहेका छन् । त्यस्तै अर्थमन्त्री बेदराज सिंह पनि जाजरकोटमा छन् । उनी शनिबार देखिनै जाजरकोटमा सक्रिय रहेका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी र सामाजिक विकास मन्त्री खड्ग पोखरेल सुर्खेतमा बसेर आवश्यक राहतको व्यवस्थापनदेखि आपूर्ति लगायतका कामहरू गरिरहेका छन् ।
जिसीले प्रदेशबाट आवश्यक सामग्रीहरू एकद्वार प्रणालीमार्फत जिल्लाहरूमा पठाउने काम गरिरहेका छन् । उनी शनिबारदेखि नै सुर्खेत विमानस्थलमा रहेर आपूर्तिको काम गरिरहेका छन् । कृषिमन्त्री भीमप्रकाश शर्मा रुकुमपश्चिम सल्यानमा खटिने भएका छन् । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री मंगलबहादुर शाही भौतिक संरचनाको तथ्याङ्क संकलनदेखि अभिलेख राख्ने लगायतका कार्यमा सक्रिय हुने बताइएको छ । प्रभावित क्षेत्रका लागि प्रदेश सरकारले छुट्ट्याएको रकम अबको केही दिनभित्र पालिका पठाइने छ । जसका कारण पालिकाहरूले सहज रूपमा राहत सामग्रीखरिद गर्न सकिने सरकारका प्रवक्ता एवम् कानुनमन्त्री कृष्णबहादुर जिसीले बताए ।
यस्तै ऊर्जा तथा जलस्रोत मन्त्री उर्मिला विश्वकर्मा पनि खानेपानीलगायतका विषयमा रहेर प्रभावित क्षेत्रमै खटिने भएकी छन् । उनी सोमबारदेखि जाजरकोटमा छिन्
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycrypto casino.
Entdecken Sie die besten bewerteten Online-Casinos des Jahres 2025. Vergleichen Sie Boni, Spielauswahl und Vertrauenswürdigkeit der Top-Plattformen für sicheres und lohnendes SpielenCasino-Bonus
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.