कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय
वीमितका परिवारलाई मृत्युदावी रकम हस्तान्त्रण
कालीकोट- तिलागुफा नगरपालिका १ मेलसेरा निवासी साविता अधिकारी महतारालाई मृत्युदावी रकम हस्तान्त्रण गरिएको छ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कालीकोटका शाखा प्रमुख करबहादुर शाहीले मृतककी श्रीमति महतारालाई मृत्युदावी वापतको २ लाख ४८ हजार ४ सय २६ रुपैयाको चेक हस्तान्त्रण गर्नु भएको छ ।
महताराका श्रीमान मृतक जयरुप महताराले २०७६ असार २७ गते साविकको प्राइमलाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा २ लाख २४ हजारको प्राइम सरल जीवन वीमा गर्नु भएको थियो । गाउँमा झैझगडा हुदाँ स्थानीयको कुटाइबाट भदौमा जयरुपको मृत्यु भएको थियो ।