
कालीकोट – गएकाे शनिवार कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका १ अँधेरीखोला भिरमा भएको डोजर दुर्घटनामा बेपत्ता भएका तीन जनामध्य दुई जनाको शव भेटिएको छ ।
शसत्र प्रहरी निरीक्षक आशिष रावतको कमान्डमा कालीकोट पुगेको गोताखोरको टोलीले सान्नी त्रिवेणी १ का १९ वर्षीय उमेश गिरी र डोजर चालक अछामका कमल सोडारीको शव फेला पारेको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक मित्र श्रेष्ठले जानकारी दिनुभयाे । गोताखोरको टोलीले घटनास्थलमा सान्नी त्रिवेणी गाउँपालिका १ का १४ वर्षीय रक्तिम कार्कीको शव खोजिरहेको छ ।
शनिवार भएको दुर्घटनामा पाँच जनाको ज्यान गएकाे छ भने एक जना अझै बेपत्ता छन् । दुई जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycrypto casino.
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino bonus.