पचालझरना पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

कालीकाेट- यहाँकाे पचालझरना गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । ‘स्थानीयकाे दायित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ बिहिबार पचालझरना गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हाे । जिल्ला समन्वय समिति प्रमुख तथा खोप समन्वय समितिका संयोजक धनजित बहादुर शाहीले पूर्ण खोप सुनिश्चितता भएकाे पालिकाे घोषणा गर्नु भयाे।
पचालझरनाका स्थानीय नागरिक र सम्पुर्ण कर्मचारीकाे सहयाेगले पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्न सफलता मिलेकाे स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र संज्यालले बताउनु भयाे । अभियानले निरन्तरता पाउनु ठुलो विषय भएकोले आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्न आवश्यक रहेको बताउनु भयो ।
समन्वय प्रमुख शाहीले पूर्ण खोप सुनिश्चितता पालिका घाेषणा गर्न सफल भएकाेमा स्थानीय तहका कर्मचारी जनप्रतिनिधि र स्थानीय बासिन्दालाई धन्यबाद ज्ञापन गर्दै गाउपालिका प्रमुख देबराज शाही र उपाध्यक्ष अल्किना बम लाई पूर्ण खोप सुनिश्चितता पालिका घाेषणा प्रमाणपत्र हस्तान्तरण गर्नु भयाे ।
खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय कालीकोटका सूचना अधिकारी कटक महतले बताउनु भयाे ।
कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख मिना रावत बिक, स्थानीय बासिन्दा, जनप्रतिनिधि, कर्मचारी लगायतका सराेकारवालाकाे सहभागीता रहेकाे थियाे ।