मिति:- ४ कार्तिक २०८१, आईतवार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारसमाज

ठेक्का भएको चार बर्ष बित्यो, अझै पुल बनेन

कालीकोट– ठेक्का भएको चार बर्ष सम्म पुल नबनेपछि महावै गाउँपालिले जिल्ला प्रशासन कार्यालय कालीकोट मार्फत सडक विभाग पुल महाशाखालाई ध्यानार्कषण गराएको छ । कर्णाली राजमार्ग बाट महाबै ६ जोड्ने पान्तडी पुग्की पुल निर्माणका लागि आ.व.२०७८/०७९ पुल महाशाखाले ठेक्का गरेको थियो ।
बिहिबार महाबै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले चार वर्ष पुगिसक्दा पनि पुल निमार्णको काम अगाडि नबढ्नुको कारण खोज्दै जिल्ला प्रशासन कार्यालय मार्फत सडक विभाग पुल महाशाखा बबरमहल काठमाडौंलाई ध्यानाकर्षण पत्र पेश गरेको सिंहले बताउनु भयो ।

पक्की पुल निर्माण गरिसक्ने समय सकिएको पनि ११ महिना भयो । तर पुल निर्माणको काम समेत सुरु भएको छैन सिंहले भन्नु भयो । २०७७ साल चैत १२ गते महादेव खिम्ती निर्माण सेवा काठमाडौंले आठ करोड ३९ लाख लागतमा पुल निर्माण गर्ने सम्झौता गरेको हो । उक्त सम्झौता पत्रमा २०८० साल असार १२ गते पुल निर्माण कार्य सम्पन्न गरिसक्ने उल्लेख छ । पुल बनाइसक्ने समय सकिएको ११ महिना पुग्यो ।

निर्माण कार्य सुरु गर्नु पुर्व पुलको डिजाइन स्टमेट पुल महाशाखाबाट स्विकृत गर्नु पर्ने र उक्त पुलको डिजाइन पुल महाशाखाले समयमै स्विकृत नगरिदिएको ठेक्केदार रबि सिंहको आरोप छ । ठेक्केदार सिंहले एक पटक डिजाइन गरेर ल्याउनु भएको थियो । हामीले उक्त डिजाइन नमिलेपछि पुन डिजाइन गरेर ल्याउनु भनेर पठायौं । पुनः डिजाइन गर्दा कन्सल्टेडलाई पैसा तिर्न पर्छ भनेर होला सायद यहाँले निर्माण को मिति थप्दै जानु भयो । पुनः डिजाइन गरेर ल्याउनु भएन पुल महाशाखा प्रमुख सुपरिन्टेडिङ्ग इन्जिनियर ललिजन खनालले बताउनु भयो ।
समयमै पुल निर्माण नहुँदा गाउँपालिकालाई राजर्माग संग जोड्ने योजना अलपत्र परेको गाउँपालिका अध्यक्ष सिहंले बताउनु भयो । पुल नबनेपछि स्थानीय नागरिक सहज यातायात सेवा पाउनबाट वञ्चित भएका छन् । महादेव खिम्ती निर्माण सेवाका संचालक रबि सिंह नेपाल निर्माण ब्यवसायी महासंघका अध्यक्ष हुन् । निर्माण कम्पनीको लापरबाहीले पुल नबनेपछि सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Check Also
Close
Back to top button

Adblock Detected

Please, off your Ad Blocker