मिति:- २३ भाद्र २०८१, आईतवार | समय:-
अर्थ/वाणिज्यकर्णाली प्रदेशताजाखबरमुख्य खबर

कर्णाली प्रदेश सरकारकाे बजेट ३१ अर्ब ४१ करोड (पूर्णपाठ सहित)

कालीकाेट- कर्णाली सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँ बजेट सार्वजनिक गरेकाे छ।शनिबार प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले बजेट प्रस्तुत गर्नु भएकाे हाे । प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा पूँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार रुपैयाँ विनियोजन गरिएको छ । यो कुल बजेटको ५९.७ प्रतिशत हो ।

चालुतर्फ ७ अर्ब ५७ करोड ५५ लाख ९२ हजार रुपैया बजेट विनियाेजन गरिएकाे छ । यो कुल बजेटको अर्थात २४.१२ प्रतिशत प्रतिशत हो ।  वित्तीय व्यवस्थापनतर्फ २५ करोड  अर्थात ०.८ प्रतिशत रुपैया विनियोजन गरिएको छ । प्रदेश सरकारले ४ अर्ब ८३ करोड ३५ लाख ५१ हजार रुपैयाँ स्थानीय तहमा हस्तान्तरण गर्ने घोषणा गरेको छ । सरकारले ल्याएको बजेट चालु आर्थिक वर्षको भन्दा २ अर्ब घटेर आएको छ ।

प्रदेश सरकारकाे पुर्ण बजेट कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८१०८२ बजेट

https://www.adbl.gov.np/

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button