मिति:- १९ चैत्र २०८१, बुधबार | समय:-
गण्डकी प्रदेशताजाखबरमुख्य खबरसमाचारसुचना प्रबिधी

क्यान महासंघको दुई बर्षे रणनीतिक योजना निर्माण हुदै

कालीकोट– कम्प्युटर एशोसिएसन महासंघ (क्यान महासंघ) नेपालको दुई बर्षे रणनीतिक योजना निर्माण गरिने भएको छ । रणनीतिक योजना निर्माणका लागि क्यान महासंघ केन्द्रिय समितिको टिम शुक्रबार चितवन पुगेर कार्य प्रारम्भ गरेको छ । महासंघका पदाधिकारीले आज समुह छलफल गरेको छन् । बिभिन्न ७ वटा बिषयमा समुह बिभाजन गरेर छलफल गरिएको क्यान महासंघका महासचिव चिरन्जीबी अधिकारीले जानकारी दिनु भयो ।

सूचना प्रविधिको विकासका लागि क्यान महासंघ र सरकार बिच छलफल एंव अन्तरक्रिया गर्ने,सूचना प्रविधि उद्योग स्थापनाका लागि क्यान महासंघको भूमिका शसक्त पार्नेे, नेपाली सप्टवयर कम्पनीको समस्या समाधान र बजारीकरण गर्न पहल गर्ने लगायतका बिषयमा छलफल भएको क्यान महासंघ कर्णाली प्रदेश सदस्य रामकिशोर रावलले बताउनु भयो ।

बार्षिक योजना निर्माण तथा रणनीतिक योजना निर्माण बैठकले प्रबिधिका क्षेत्रमा गरिएका र गर्न आवश्यक देखिएका महत्वपुर्ण बिषयमा छलफल गर्ने क्यान महासंघका पुर्व अध्यक्ष नवराज कुवरले बताउनु भयो । बैठक क्यान महासंघका केन्द्रिय अध्यक्ष रन्जीत पोदारको अध्यक्षतामा सुरु भएको छ ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker