मिति:- १२ श्रावण २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरराष्ट्रियसमाचारस्थानीय

पत्रकार महासंघको साधारण सभा कोटवाडामा

कालीकोट– पत्रकार महासंघ कर्णाली प्रदेशको बार्षिक चुनावी साधारण सभा कालीकोटको कोटवाडामा हुने भएको छ । चैत्र १८ र १९ गते हुने बार्षिक साधारण सभा पहिलो पटक कोटवाडामा हुन लागेको हो । यहाँको बिकास निर्माण र प्रर्यटन प्रवद्धनका बिषयमा सरोकारवाला निकायलाई जानकारी दिन कोटवाडामा साधारण सभा हुन लागेको पत्रकार महासंघ कालीकोटका अध्यक्ष भरतराज बिष्टले जानकारी दिनु भयो ।

शिलान्यास भएको करिव ३८ बर्षपछि निर्माण सम्पन्न भएको कोटवाडा बिमान स्थल र कर्णाली राजमार्गको स्तर उन्नतीका सवालमा पत्रकार महासंघले सरकारलाई यथेष्ट तत्थ्य दिने भएको छ । साधारण सभाको ब्यवस्थापनका लागि स्थानीय सरकार, जिल्ला स्थीत सरकारी कार्यालयहरु संग समन्वय र सहकार्यको काम भइरहेको पत्रकार महासंघ जिल्ला शाखा कालीकोटका सचिव खडानन्द अधिकारीले बताउनु भयो । कर्णाली राजर्माग हुदै कालीकोटको कोटवाडा सम्म पुग्ने पत्रकार,नीति निर्माता र सरोकारवाला पक्षले यस पटक कर्णालीलाई नजिकबाट नियाल्ने भएका छन् ।

निर्माण कार्य सम्पन्न भएको कोटवाडा बिमान स्थलमा नियमित उडान गर्न, जिल्ला सदरमुकाम मान्म बाट कोटवाडा पुग्ने सडकको स्तर उन्नती गर्न र विकासका बैकल्पीक बाटाहरु खोज्न साधाण सभा छलफल गर्ने थलो हुने पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष देविराम देवकोटाले बताउनु भयो । महासंघका यहाँका सम्भावना, चुनौती र अवसरका बिषयमा समेत छलफल बहस पैरवी गर्ने भएको छ । महासंघको साधारणमा आवश्यक पर्ने खानेपानी,बसाँई ब्यवस्थापन, कार्यक्रम स्थल लगायतका बिषयमा गाउँपालिका अध्यक्ष नगेन्द्र बिष्ट,प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी, सुरक्षा निकायका प्रमुख, विकास साझेदार कार्यालय, संघ सस्था र पत्रकारको टिमले कोटवाडा पुगेर अनुगमन गरेको छ ।
२०५८ सालमा तत्कालीन बिद्राही पक्ष भनिएको नेकपा माओवादीलाई लक्षित गरी नेपाली सेनाले चलाएको किलोसेरा टु अप्रेसनमा धार्दिङ्ग जोगिमाराका ३६ जना कामदार सहित ३७ जनाको कोटवाडा विमान स्थलमा ज्यान गएको थियो ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button