कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय
रास्कोटका वडा अध्यक्ष बेपत्ता

कालीकोट– रास्कोट नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष बिहिबार बाट बेपत्ता भएका छन् । घर बाट वडा न ६ मा रहेको ससुराली गाउँ जान्छु भनेर हिडेका मनिराज बराल शुक्रबार सम्म ससुराली गाउँ नपुगेपछि आफन्तले खोजी गरिरहेका छन् ।
घरबाट ससुराली जान निक्लेका बरालले बाटोमा भेटीका आफन्तलाई सिमेन्ट ल्याउन जाने, बाबुवा ल्याउन जाने, ससुराली जाने भन्दै हिडेको रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीले बताउनु भयो । वडा अध्यक्ष हराएको सूचना प्राप्त भएपछि नगरपालिकाले वडा अध्यक्षको खोजी गरिदिन सम्बन्धीत पक्षलाई अनुरोध गरेको छ । बरालले लगाउने कोट कर्णाली नदिको किनारमा भेटीको समेत नगर प्रमुख शाहीले पुष्टी गर्नु भयो ।