मिति:- ३० भाद्र २०८२, सोमबार | समय:-
ताजाखबरमुख्य खबरराष्ट्रियसमाचारस्थानीय

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा तीन जना मन्त्री नियुक्त

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्री नियुक्त गरेका छन् । पूर्वअर्थ सचिव रामेश्वर खनाल, विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्यालले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मन्त्रीको शपथ लिएका छन् ।

अर्थमन्त्रीमा खनाल, ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा घिसिङ र गृह र कानुनमन्त्रीमा अर्याललाई नियुक्त गरिएको छ । खनाल र घिसिङ दुवै विगतमा पाएको जिम्मेवारीमा सुशासन कायम गर्ने अधिकारीका रूपमा चिनिन्छन् ।

 

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Check Also
Close
Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker