
कालीकाेट- स्थानीय पाठ्यक्रम निर्देशिका २०७६ र संविधानले दिएको अधिकार प्रयोग गरी राष्कोट नगरपालिकाले स्थानीय पाठ्यक्रम र पाठ्यपुुस्तक तयार पारेको छ। स्थानीय पाठ्यक्रम निर्माण मस्यौदा माथि बृहत् छलफल २०८० जेठ ११ गते गरेको थियो । स्थानीय पाठ्यक्रम निर्माण मसौदा माथी छलफल भएको ४ महिना पछि पुस्तक सार्वजनिक गरेको नगरपालिका प्रमुख धर्मराज शाहीले जानकारी दिनुभएको छ ।
“हाम्रो राष्कोट, हाम्रो पहिचान” नामको पाठ्यपुस्तक तयार पारेर हिजो नै बिधालय स्तरमा नगर सरकारद्वारा बितरण गरेको बताउनु भएको छ । कक्षा एकदेखि आठसम्मका विद्यार्थीले अनिवार्य अध्ययन गर्नुपर्ने गरी पाठ्यक्रम र पाठ्यपुुस्तक निर्माण गरिएको नगर सरकारले जनाएको छ। नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गर्दै रास्कोट नगरपालिकाले पाठ्यक्रम र पाठ्यपुस्तक तयार पारेर बितरण गर्न गरिएको हो ।
पुस्तकमा १० बर्षे जनयुद्ध, शहिद, घाइते अपाङ्गकाे वारेमा पनि पाठ पढाउने भएको छ । ऐतिहासिक धार्मिक स्थल, पर्यटकीयस्थल, नगरपालिकाको भौगोलिक, आर्थिक, सामाजिक, राजनीतिक, कृषि तथा त्यसको सम्भावना लगायतका बारेमा उल्लेख गरिएको नगर प्रमुख धर्मराज शाहीले बताउनु भएको छ।
Your article helped me a lot, is there any more related content? Thanks!
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino bonus.
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.