मिति:- २ आश्विन २०८२, बिहीबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

अवरुद्ध कर्णाली राजमार्ग खुल्याे

कालीकोट- मंगलबार रातिदेखि अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ । कालीकोटको शुभकालिका–१ गगने खोलामा झरेको पहिरो दुईवटा मेसिन प्रयोग गरेर हटाइएपछि बाटो खुलाइएको हो । पहिराेले गगने खोला पारीपट्टीको डाँडा पूरै खसेको थियो ।

स्काभेटर र जेसीभी गरी दुईवटा मेसिन लगाएर पहिराे पन्छाउने काम गरिएको कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले बताउनु भयाे। गगने खोलामा वर्षा हुनेबित्तिकै लेदो र ढुंगासहित पहिराे झर्ने समस्याले यात्रुलाई सास्ती दिने गरेको छ । सडक खुलेपछि राेकीएका यातायातका साधनहरु गन्तब्य तिर लागेका छन् ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker