मिति:- २१ फाल्गुन २०८०, सोमबार | समय:-
ताजाखबरमुख्य खबरसमाचारसमाजस्थानीय

भर्ता र जुविथा बालविवाह निषेधित घोषणा (फोटो फिचर)

कालीकोट शुभकालिका २ भर्ता र तिलागुफा ६ जुविथा गाउलाई बालविवाह निषेधित वडा घोषणा गरिएको छ । बालविवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, संरक्षण र सामाजिक सुरक्षामा प्रतिकूल असर पारेको ठहर गर्दै शुभकालिका २ र तिलागुफा ६ बालविवाह निषेधित क्षेत्र घोषणा गरिएको हो । शुभकालिका २ लाई बालश्रम निषेधित वडा पनि घोषणा गरिएको हो ।
विहेबारी २० वर्ष पारी, बालविवाह कानूनी र सामाजिक अपराध हो, कसैले नगरौ, नगराऔ भन्ने मूल नारासहित दुवै गाँउलाई बालविवाह निषेधित घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए । बालबालिकाको समग्र प्रगतिको बाधककोरुपमा रहेको सामाजिक कुरिती अन्त्य गर्न सबैको सक्रियता अनिवार्य छ । उनले भने कसैले बालविवाह गरे गराएमा कानूनको दायरामा ल्याइने छ । उनले गाउका सबै सरोकारवालाको सहभागितामा ब्यापक अन्र्तक्रिया गर्दै निषेधित घोषणा गर्दा उमेर नपुगी विवाह गर्न खोज्नेको मनोबल घट्ने भएकाले गाउ वस्तीलाई औपचारिक कार्यक्रममार्फत अभियान थालिएको सुनाए ।


स्थानीय तहको अगुवाईमा सेभ द चिल्डेनको सहयोगमा किर्डाक नेपालद्धारा संचालित सहयात्रा परियोजना दोश्रोको सहजीकरणमा दुई गाउलाई बालविवाह निषेधित वडा घोषणा गरिएको हो । गत वर्ष शुभकालिकाको वडा नं ६ सुकाटिया हाउडी, वडा नं ७ र ८ मा पर्ने कालिका मुग्राहा तथा तिलागुफा ५ खल्ला गाउलाई बालविवाह निषेधित घोषणा गरिउको थियो ।
शुभकालिकामा वडा नं २ वडाध्यक्ष मनवहादुर शाही र तिलागुफा ६ का अध्यक्ष पर्वलाल शाहीको अध्यक्षतामा आयोजित घोषणा सभामा सहभागि हुन जिल्ला सदरमुकाम मान्मबाट जिल्ला समन्वय समितिका प्रमुख धनजीत शाही, उपप्रमुख मीना रावत विक, प्रजिअ शर्मा, प्रहरी प्रमुख जयश्वर रिमाललगायतका सरोकारवाला गाउ पुगेर बालविवाह विरुद्धको अभियानमा ऐक्यवद्धता जनाए ।
बालविवाह सबै बालबालिकाको प्रगतिको बाधक हो भन्ने नगरको ठहर छ । तिलागुफा नगर उपप्रमुख महेन्द्रवहादुर शाहीले भने Ôबालविवाह गर्नेलाई सामाजिक बहिष्कार गरिने छ । उनले थपे Ôबालबालिकाको बृत्ति विकासलगायतका सबै प्रगतिको बाधक यस्तो कुरिती सधैका लागि अन्त्य गर्नुपर्छ । उनले तिलागुफा ६ जुविथा गाविस हुने बेला पनि बालविवाह मुक्त घोषणा गरिएको सुनाउदै दिगोपनाका लागि नगरले प्रत्येक वर्ष अनुगमन गर्ने, बालविवाह गर्ने गराउने, भनसुन गरेर प्रहरीबाट छुटाउन खोज्नेको नामसहितको तथ्यांक सार्वजनिक गर्ने, बालविवाह विरुद्धको अभियानमा सहभागी अभियन्तालाई सम्मान गर्ने योजना रहेको सुनाए ।
शुभकालिका २ ले ०७६ देखि बालविवाह विरुद्धको अभियान संचालन गरेर सून्यमा झार्न सफल भएपछि बालविवाह निषेधित वडा घोषणा गरिएको वडाध्यक्ष मनवहादुर शाही राजेशले बताए । उनकाअनुसार ०७६ मा २९ प्रतिशत, ०७७ मा २३ प्रतिशत रहेको बालविवाह ०७७ मा १३ प्रतिशत रहेकोमा ०७९ मा शून्य प्रतिशतमा झरेको छ ।


घोषणाअघि यहाका वस्ती र टोलबाट प्ले कार्ड, ब्यानर बोकेर पंचे बाजासहित समुदायका बालबालिका, किशोर किशोरीलगायतका सरोकारवालाहरु नारा जुलुश गर्दै सभास्थल पुगेर देवी देवताको कसम खुवाउदै बालविवाह नगर्ने नगराउने बाचा गरे ।
बालविवाहले बालबालिकाको पठ्न पाठ्नमा अवरोध पुर्याएको सुनाउदै शुभकालिकाको सभामा जिल्ला समन्वय समिति प्रमुख धनजीत शाहीले सबै खाले विकृति विरुद्धका सामाजिक अभियान संचालन गर्नुपर्ने बताए । उनले सबै अभिभावकलाई आफ्ना नानीबाबुहरुले प्रगति गरेको देख्न चाहने भए उमेर पुगेपछि मात्र विवाह गरी दिन सुझाए । उनले छोरीलाई उचित शिक्षा, संरक्षण र जीवन निर्वाह सहज होस् भनेर कर्णाली प्रदेश सरकारले बैक खाता छोरीको सुरक्षा जीवनभरीको कार्यक्रम संचालन गरेको जानकारी दिदै २१ वर्ष पहिले विवाह गर्नेले बैकमा जम्मा भएको रकम नपाउने हुदा यो कार्यक्रमले पनि बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने सुनाए ।
पछिल्लो समयमा कालीकोटमा आमाबाबुले मगनी गरेर बाजा गाजा बजाएर बालविवाह गर्ने चलनमा कमी आए पनि अभिभावकको संलग्नतामा बालबालिकाले आफै भागेर विवाह गर्ने चलन बढेको सुनाउदै शुभकालिका गाउपालिका उपाध्यक्ष धर्मकला शाहीले महिला हिंसा अत्त्य गर्न पनि उमेर पुगेपछि मात्र विवाह गर्नुपर्ने सुझाव दिइन् । उनले गाउपालिकाको न्यायिक समितिमा बाल विवाहले निम्त्याएका महिला हिंसाका घटना बढी जाने गरेको सुनाउदै सबै अभिभावकले छोराछोरीलाई शिक्षा दिन अनुरोध गरिन् ।
कानूनले विहाबारी २० वर्ष पारी भने पनि कानून छलेर विवाह गर्ने र दुःख पाउनेको संख्या अत्याधिक छ । २० वर्ष मुनिको विवाह मध्ये आफैै भागेर विवाह गर्ने बालबालिका अत्याधिक रहेको सुनाउदै सेभ द चिल्ड्नका बाल संरक्षक तथा बालअधिकार शासन संयोजक बाले विश्वकर्माले उमेर नपुगेर विवाह गर्दा बालबालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रतिकूल असर पुग्ने बताए । उनले बालविवाह विरुद्धको अभियान प्रभावकारी बनाउन स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुनेमा जोड दिदै कानून कार्यान्वयनमा प्रहरी सक्रियताले पनि पछिल्लो समयमा बालविवाहका घटनामा न्यूनीकरण भएको सुनाए ।
नेपाल सरकारले सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने राष्टिय रणनीति तय गरेर बालविवाह विरुद्धको अभियान संचालन गरिरहेको छ । बालविवाहले महिलाकाको स्वास्थ्यमा प्रतिकूल असर पुर्याएको बताउदै स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत कटकवहादुर महतले उमेर नपुग्दै गर्भवती हुने आमा र शिशु दुवैको ज्यान खतरामा पर्ने गरेको बताए । बालबालिकाको संरक्षण, विकास, सहभागिताका लागि बालविवाह बाधक रहेकाले सबैको सक्रियतामा अन्त्य गर्नुपर्नेमा उनले जोड दिए ।


कालीकोटको तिलागुफा नगरपालिका र शुभकालिका गाउपालिकामा गत वर्ष गरिएको सर्वेअनुसार सन् २०१९ को तुलनामा २० वर्ष मुनि विवाह गर्ने सन् २०२० मा ८ प्रतिशतले कमी भए पनि बालबालिकाले आफैले भागेर विवाह गर्नेको संख्या अत्याधिक छ । कानुन छल्न बालबालिकाले आफैले भागेर विवाह गर्ने चलन बढेको छ । बालअधिकारकर्मी प्रकाशवहादुर शाहीले भने यो बालबालिकाको भविष्यका लागि भयानक समस्या हो ।


वालविवाह न्यूनीकरणका लागि कालीकोटका स्थानीय तहले प्रयास गरेकाले ५ वर्ष अघिसम्म ६१ प्रतिशत बालविवाह हुने कालीकोटमा हाल घटेर २३ प्रतिशतमा झरे पनि भएका बालविवाह मध्ये बालबालिका आफैले भागेर विवाह गर्ने दर घट्न सकेको छैन । अभिभावक र समुदायमा आएको सचेतनाले बाजागाजा बजाएर बालविवाह गर्ने चलन घट्दो छ । बालविवाह न्यूनीकरण, महिनाबारी ब्यवस्थापनलगायतका शीषर्कमा स्थानीय तहले महिला, बालबालिका तथा जेष्ट नागरिक शाखामार्फत वाषर््िाक बजेट पनि बिनियोजन गरेको छ ।
पहिलेको तुलनामा हाल १२÷१३ वर्षको उमेरमै विवाह गर्ने चलन घटेर १५।१६ वर्षमाथि पुगेपछि विवाह गर्नेको संख्या बढे पनि उमेर नपुगेरै भागी विवाह गर्नेको संख्यामा कमी आउन सकेको छैन । कम उमेरमा आमाबाबुले मगनी गरेर बाजा बजाएर विवाह गर्ने चलन हराए पनि केटाकेटीलाई भगाएर आफै विवाह गर्न लगाउनेको संख्या बढी छ । बालविवाह विरुद्धको साझा अभियानका सदस्य तथा किर्डाक नेपालद्धारा संचालित सहयात्रा परियोजनाका बाल संरक्षण तथा बालअधिकार शासन संयोजक सरिता खत्रीले उमेर नपुगेर विवाह गर्न कानूनले पाइदैन भनेर पनि कानून छल्ल भगाएर विवाह हुने गरेकोे सुनाइन् । उनले बालविवाह गर्नेलाई मुद्दा चलाएर जेलमा नकोचेकोले नियन्त्रण हुन नसकेको सुनाइन् ।
काजूनको पालना गर्नु सबै नागरिकको कर्तब्य भएको जानकारी दिदै कालीकोटका प्हर िप्मुख जयश्वर रिमालले कानून थाहा थिएन भनेर कसैले बालविवाह गर्न छुट नपाउने बताए । उनले बालविवाह हुन लागेको थाहा पाएपछि प्रहरीको १०० नं मा कल गरेर जानकारी गराउन पनि सर्वसाधारणलाई सुझाए ।
गरिबी, गुणस्तरीय शिक्षाको कर्मी, छोरीलाई बोझको रुपमा लिने कुसंस्कार, प्रभावकारी कानून कार्यान्वयनको अभाव, सामाजिक उत्तरदायित्वको कमी, बालबालिकाप्रति उदासिन राज्य संयन्त्र, बालविवाहलाई सामाजिक अपराधकोरुपमा नलिनु, अपराधलाई राजनैतिक संरक्षण हुनु, विद्युतीय संचार र सामाजिक संजालको दुरुपयोग, साथीभाईको लहैलहैजस्ता बालविवाहका प्रमुख कारण छन् । बालविवाहका बहुआयामिक असर छन् । कलिलैमा आमा बन्दा आमा र शिशूको मृत्यु, कुपोषण, पाठ्ेघर खस्ने, पढाइमा अवरोध, पारिवारिक बेमेल, सम्बन्ध विच्छेद, मनोसामाजिक समस्याजस्ता असर पर्ने गरेको बालअधिकारकर्मी हस्तवहादुर रोकायाले बताए । सरकारको नेतृत्वमा बालविवाह विरुद्धको रणनैतिक योजना निर्माण गरेर स्थानीय तहमार्फत अभियान संचालन, विद्यालय तहमा शिक्षकमार्फत बालबालिका र किशोर किशोरीलाई बृहत्तर यौनिक शिक्षा, स्थानीय सरकार, प्रहरी, धार्मिक अगुवा, गैर सरकारी संघ संस्थामार्फत टोलटोलमा सचेतनामूलक अभियानहरु सडक नाटक, देउडा, हुड्के नाचमार्फत सन्देशमूलक कार्यक्रम संचालनजस्ता रणनीति अपनाए बालविवाह रोक्न सकिने सहयात्रा परियोजना संयोजक रामवहादुर रावतको सुझाव छ ।
३० जना अभियन्ता सम्मानीत
बालविवाह विवरुद्धको अभियानमा संलग्न ३० जना अभियन्तालाई सम्मान गरिएको छ । २० वर्ष पुरा गरेर पनि विवाह नगरी समाजमा बालविवाह विरुद्ध जनचेतना जगाउन र टोल टोलमा पुगेर बालविवाहका असरबारे समुदायलाई जनाकारी दिए वापत तिलागुफा ६ का २५ र शुभकालिका २ का ५ जना बालविवाह विरुद्धका अभियन्तालाई सम्मान गरिएको हो ।
शिक्षालाई निरन्तरता दिदै २१ देखि ३५ वर्ष पुग्दासम्म विवाह नगरेका युवायुवतीलाई सम्मान गरिएको तिलागुफा ६ की सामाजिक परिचालन अधिकृत जानकी सिंहले बताइन् ।
गाउका अन्य युवायुवतीलाई पनि उमेर पुगेपछि मात्र विवाह गर्नु पर्ने रहेछ भन्ने सन्देश दिन तिलागुफा र शुभकालिका अभियन्तालाई खादा, दोसल्ला ओढाएर प्रमाण पत्रद्धारा सम्मान गरिएको हो । वडालाई बालविवाह निषेधित बनाउन अभियान संचालन गर्ने अभियानकर्ता, बाल अभियन्ता, बालअधिकारकर्मी, बालविवाह रोक्न सक्रिय किशोरी समहु बालक्लवलगायतका सरोकारवालाई पनि सम्मान गरिएको छ ।

मनिराज पाण्डे

पत्रकार मनिराज पाण्डे कालीकोटमा बसेर लामो समय देखि सूचना, संचार, प्रविधि र विकासका बिषयमा समाचार लेख्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please, off your Ad Blocker