ताजाखबरराष्ट्रियसमाचारसुचना प्रबिधी
क्यान इन्फोटेक मेला माघ २४ गतेदेखि २८ सम्म काठमाडौमा हुने
![](http://newsredpanda.com/wp-content/uploads/2022/12/download.png)
कालीकोट कम्प्युटर एसोसिएसन नेपाल महासंघ क्यान महासंघ को आयोजनामा आउँदो माघ २४ गतेदेखि २८ औं संस्करणको क्यान इन्फोटेक २०२३ हुने भएको छ ।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ नयाँ प्रविधि प्रदर्शनी गर्ने उद्देश्यले भृकुटीमण्डप स्थित प्रदर्शनीहलमा ६ दिने मेला गर्न लागिएको हो । यसका लागि चाँडै नै प्रायोजक एवं स्टल बुकिङ खुलाउने तयारी भइरहेको महासंघको निर्वतमान अध्यक्ष नवराज कुँवरले बताउनु भयो । उनका अनुसार क्यान इन्फोटेकमा सूचना प्रविधिका विभिन्न वस्तु र सेवाको विशेष ब्रान्डिङ हुनेछ ।