मिति:- ५ जेष्ठ २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाजस्थानीय

नरहरिनाथ ९ मा पुग्यो ग्रीडलाइन

कालीकोट– नरहरिनाथ गाउँपालिकाको वडा नं. ९ मा बिद्युतको राष्ट्रिय प्रशारण ग्रीड लाइन पुगेको छ । नेपाल बिद्युत प्राधिकरण कालिकोट वितरण केन्द्रले बुधबार त्यहाँ थ्रीफेज ग्रीड लाइन बिद्युत सेवा संचालनमा ल्याएको कालिकोट वितरण केन्द्रका प्रमुख इन्जिनियर बिमल प्रसाद शाहले बताउनु भयो ।

बिद्युत लाइन वडामा पुगेको अवसरमा वडा नं. ९ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता प्रदीप बोहराले वितरण केन्द्रका कर्मचारीलाई सम्मान गर्नु भएको छ । बिद्युत गाउँमा पुगेपछि स्थानीय खुशी भएका छन् । वडाका २ सय घरधुरीमा बिद्युत नाइन बिस्तार गरिने बताइएको छ । वडा नं. ८ देखि उक्त गाउँको वडा सम्म ११ केभि लाइन निर्माण तथा संचालन समेत गरिएकाले बिद्युत संरचना नछोइदिन कालिकोट वितरण केन्द्रले अनुरोध गरेको छ ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Back to top button

Adblock Detected

Please, off your Ad Blocker