मिति:- ९ श्रावण २०८१, बुधबार | समय:-
ताजाखबरमुख्य खबरशिक्षासमाजस्थानीय

शैक्षिक सुधारका लागि जनचेतना मुलक देउडा गीत प्रत्योगिता

कालीकाेट- पलाँता गाउँपालिकाको राडुनेटा शैक्षिक सुधारका लागि जनचेतना मुलक देउडा गीत प्रत्योगिता सम्पन्न भएको छ । वडा नं. २ को सरस्वती माध्यामिक बिद्यालयमा आयोजना गरिएको प्रत्योगितामा १५ वटा बिद्यालयले भाग लिएका थिए । शैक्षिक गुणस्तर कायम गरौं भन्ने मुलनाराका साथ बिद्यालयबाट सहभागी बालबालिकाहरुले देउडा गीत दोहोरी गाएका थिए । बिद्यार्थीले देउडागीत मार्फत सबै बालबालिकाले स्कुल पढ्न पाउनु पर्ने, गुणस्तरिय र निशुल्क शिक्षामा स्थानीय सरकारले जोड दिनु पर्ने लगायतका बिषयमा देउडा गीत गाएका थिए ।

त्यस्तै पलाँता गाउँपालिका वडा नं. ५ को कर्णाली माध्यामिक बिद्यालय खिनमा पनि शैक्षिक सुधारका लागी देउडा गीत प्रत्योगीता गरिएको छ । स्थानीय कलाको संरक्षण गर्दै बालबालिकामा बोल्न बानिको विकास गर्न बिद्यालय स्तरिय देउडा गीत प्रत्योगिता गरिएको हो । खिनमा गरिएको प्रतयोगीतामा ९ वटा बिद्यालयले भाग लिएका छन् । माध्यामिक बिद्यालय तर्फ देउली माध्यामिक बिद्यालय र आधारभूत बिद्यालय तर्फ जन विचार आधारभूत बिद्यालय मेहेल्ने प्रथम भएका छन् ।

पलाँता गाउँपालिका शिक्षा शाखा संगको समन्वयमा बिद्यालयहरुले प्रत्योगीताको आयोजना गरेका हुन् । कार्यक्रममा पलाँतागाउँपालिका अध्यक्ष बिष्णु बहादुर रोकाया, उपाध्यक्ष, अलैपुरा हमाल जैसी, गाउँपालिका प्रबक्ता तथा वडा नं. ४ का अध्यक्ष तिलक बुढा, प्रमुख प्रशासकीय अधिकृत सुरेश श्रेष्ठ, शिक्षा शाखा प्रमुख कल बहादुर भण्डारी लगायतको सहभागीता रहेको स्थानीय धनकर्ण बिश्वकर्माले बताउनु भयो । कार्यक्रम पहिलो पटक भएकाले उत्साहजनक उपस्थिती भएको बताइएको छ । वडा नं. ७,८ र ९ मा पर्ने बिद्यालयहरुको शनिबार दुधेसिल्लो माध्यामिक बिद्यालय बेरसैनकोटमा शैक्षिक सुधारका लागि जनचेतना मुलक देउडा गीत प्रत्योगिता भइरहेको बताइएको छ ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button