मिति:- २२ श्रावण २०८२, बुधबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारसमाजस्थानीय

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी खुल्यो

कालीकाेट- सुर्खेत–जुम्ला सडकखण्ड अन्तरगत कालीकोटको गगने खोलामा आएकाे लेदाेसहितकाे पहिराेले अवरुद्ध सडक एकतर्फी  खुलेको छ।

पहिरो पन्छाउन मंगलबार बिहान ७ बजेदेखि दुई वटा मेसिन (जेसिबी) परिचालन गरेर बिहान ९:३० बजेबाट सडक सञ्चालनमा ल्याइएको हो।

गगने खोलामा आएको लेदो सहितको पहिरो पन्छाएपछि एकतर्फी रुपमा सडक सञ्चालनमा आएको कालीकोटका प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतले बताउनु भयाे ।

सडक खुलेपछि कर्णाली करिडोर र राजमार्ग हुँदै कालीकोट, जुम्ला, मुगु, बाजुरा हुँदै हुम्ला आउजाउ गर्न रोकिएका गाडी गन्तव्य तर्फ लागेका छन्। खाँडाचक्र–५ बिहानी खोला र वडा नं. ४ मा पर्ने छेकाको पहिरो भने राति नै हटाइएको प्रहरीले जनाएको छ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker