मिति:- २७ भाद्र २०८१, बिहीबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरराजनीति

कर्णाली प्रदेश सरकारमा कांग्रेसका ४ मन्त्रीले सपथ लिए

कालीकोट– कर्णाली प्रदेशमा कांग्रेसका चार मन्त्रीले सपथ लिएका छन् । कांग्रेसबाट सहभागी मन्त्रीलाई आइतबार प्रदेश प्रमुख यज्ञराज जोशीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । कांग्रेसबाट सामाजिक विकास मन्त्रीमा दैलेखका घनश्याम भण्डारी , आर्थिक मामिला तथा योजना मन्त्रीमा जाजरकोटका राजीव विक्रम शाह,उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सल्यानका सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा हुम्लाकी विजया बुढाले सपथ लिएका छन् । माओवादी सरकारबाट बाहिरीएपछि खाली रहेका मन्त्रालयमा नेपाली कााग्रेसका ४ जना सांसदलाई नियुक्त गरेपछि कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ ।

नेकपा माओवादीले साउन ७ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो ।
यसअघि नेकपा एमालेबाट मुख्यमन्त्री सहित १ राज्यमन्त्री र २ मन्त्री गरि ४ जना मन्त्री भइसकेका छन । मुख्यमन्त्रीमा यामलाल कँडेल, भौतिक पुर्वाधार मन्त्रीमा शेरबहादुर बुढा, कृषि मन्त्रीमा विनोद शाह र राज्यमन्त्रीमा गमाता बिक नियुक्त भइसकेका छन । सरकार फेरिपछि कर्णाली प्रदेशका मुख्यमन्त्रीमा यामलाल कँडेल सोमबार बिश्वासको मत लिने भएका छन् ।

https://www.adbl.gov.np/

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button