मिति:- २४ असार २०८२, मंगलवार | समय:-
ताजाखबरमुख्य खबरसमाचारसुचना प्रबिधी

क्यान इन्फोटेक मेला उद्घाटन: मेलामै राष्ट्रिय परिचयपत्र बनाउन सकिने

काठमाडाै- आज एक बिषेश कार्यक्रमका बिच सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यसवर्षको क्यान इन्फोटेक मेला २०२५ काे उद्घाटन गर्नु भएकाे छ । माघ २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप स‌चालन हुने क्यान  इन्फाेटेक मेलामा राष्ट्रिय परिचयपत्र बनाउन सकिने ब्यवस्था गरिएकाे छ । क्यान महासंघका अध्यक्ष सुनैना पाण्डे घिमिरेकाे अध्यक्षतामा भएकाे एक बिषेश कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिकाे विकासले देशमा नविनतम् राेजगारीकाे सृजना गर्ने मन्त्री गुरुङले बताउनु भयाे।

‘क्यान इन्फोटेक मेलामा सूचना सञ्चार प्रविधि क्षेत्रका भित्रिएका नवीनतम प्रविधि तथा सेवाको विशेष प्रदर्शनी र सरोकारवालाहरु बीच गहन छलफल हुनेछ । यस पटककाे क्यान इन्फोटेक मेला स्मार्ट दियोबाट उद्‌घाटन गरिएको छ ।

३०औँ क्यान इन्फोटेकको टाइटल स्पोन्सरमा एचएमसी नेपाल हिक्सेमी र सह-शीर्ष प्रायोजकमा मर्कन्टाइल अफिस सिस्टम रहेका छन् । प्रायोजनका आधारमा यस बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनीको आधिकारिक नाम ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५ इन एसोसिएसन विथ मर्कन्टाइल अफिस सिस्टम रहेको छ ।

क्यान इन्फोटेक मेला २०२५ का लागी करिब १५० स्टल रहनेछन् । यस  बर्षकाे इन्फोटेक मेलालाई करिब साढे ३ लाखले अवलोकन गर्ने अपेक्षा गरिएकाे छ ।

प्रदर्शनीलाई सफल रुपमा आयोजना हुन देशभित्रबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, सुबिसु लगायतका संस्थाले सहयोग गरेका छन् ।

मनिराज पाण्डे

पत्रकार मनिराज पाण्डे कालीकोटमा बसेर लामो समय देखि सूचना, संचार, प्रविधि र विकासका बिषयमा समाचार लेख्नु हुन्छ ।

Related Articles

Check Also
Close
Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker