मिति:- ६ मंसिर २०८१, बिहीबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरशिक्षा

शिक्षामा हाम्राे चाँसाे र चिन्ता

काठमाडाै‌- राष्ट्रिय परीक्षा बोर्डले २०८० मा लिएको माध्यमिक शिक्षा परीक्षा एसइइको नतिजा २०८१ असार दोस्रो हप्ता  सार्वजनिक भएकाे थियो। परीक्षामा सहभागी कुल परीक्षार्थी मध्ये ४७.८६% मात्र उत्तीर्ण भएका छन्। ५२.१४% विद्यार्थीको नतिजा नन ग्रेड एनजी आएको छ। यस वर्ष परीक्षामा ४ लाख ६४,७८५ जना विद्यार्थी सहभागी भएका थिए। सबैभन्दा बढी अङ्ग्रेजी सामाजिक शिक्षा र अर्थशास्त्र र ऐच्छिक  गणितमा एनजी आएको ।

    सामुदायिक विद्यालयमा अध्यापन गर्ने शिक्षा प्रणाली मा  पुनरावलोकन गर्नुपर्ने अवस्था टड्कारो देखिन्छ। पठन-पाठनमा भएको कमी-कमजोरी केलाउनु अबको महत्वपूर्ण भूमिका अभिभावक शिक्षक, शिक्षिका र जिल्ला शिक्षा समन्वय समिति गाउँ शिक्षा समितिले गर्ने दायित्वमा कमजोरी रहेको पाइन्छ।
    सरकारले कुनै विद्यार्थीलाई फेल नगर्ने नीति ल्याएको छ भन्ने थेगो आम अभिभावकको मस्तिष्कमा जमेर रहेको छ। उच्च शिक्षा अध्यापन गर्नको लागि बलियो खुड्किलो एसइइँ हो। चिकित्सा शिक्षा अध्ययन, इन्जिनियर मेकानिकल, व्यवस्थापन ,विज्ञान, संकाय प्राविधिक शिक्षा लिनको लागि मात्र होइन ११ कक्षा भर्ना नपाउने भएका छन् दुईवटा विषयमा पुन परीक्षा दिएर ग्रेड वृद्धि गर्न मिल्ने भएपनि यसको फलस्वरूप शिक्षा क्षेत्रमा सकारात्मक देखिँदैन २.८०देखि ३.२0  जीपिए  विद्यार्थी संख्या सबैभन्दा धेरै रहेका छन्।
       विक्रम सम्वत २०७१ सालपछि एसइइको नतिजामा लेटर ग्रेडिङ अनुसार हुँदै आएको थियो। यसपटक भने लेटर गेडिङ निर्देशिका २०७८ लागू भएसँगै नतिजामा पास र फेलको व्यवस्था गरियो विद्यार्थीको सैद्धान्तिक तर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था छ र आन्तरिक तर्फ २५ पूर्णाङ्कको परीक्षामा भने ४०% अर्थात् १० अङ्क ल्याउनुपर्ने व्यवस्था गरिएको छ। घोकन्ते प्रथालाई मात्र प्राथमिकता राखेर शिक्षा प्रणालीको विकास गर्दा त्यसले अहिलेको बजारमा बिक्ने किसिमको जनशक्ति उत्पादन गर्न नसक्ने अवस्था रहेको पाइन्छ सामुदायिक विद्यालयमा अध्ययन नियमित नहुने शिक्षक विद्यालयमा उपस्थित त हुने हाजिर गर्ने अनि व्यक्तिगत काममा हिँड्ने त्यति   मात्र नभएर व्यापार व्यवसाय गर्ने ठेक्कापट्टादेखि कृषि काम  मा समय दिने पाठ्यक्रम शैक्षिक सत्रमा नसक्नु यी कारणले गर्दा एसइइ को नतिजा परिणाममुखी नहुनु शिक्षक अभिभावक बढी जिम्मेवारी देखिन्छन्।
  लेटर ग्रेडिङ प्रालीबाट नतिजा सार्वजनिक गर्न थालिएपछि पास वा फेल अङ्कित नगरी  ग्रेडिङ सार्वजनिक गरिन्थ्यो। कम अङ्क ल्याउने विद्यार्थीहरूको हकमा समेत माथिल्लो कक्षा पढ्न पाउने व्यवस्था थियो। तर यस वर्ष भने लेटर ग्रेडिङ निर्देशिका २०७८ लागू भएसँगै नतिजामा पास र फेलको विवरण देखिन थालेको हो। २०८० सालको एसइइको नतिजा २०७१ साल अघिकै अवस्थामा फर्किएको छ।  १०  वर्ष विद्यालय शिक्षा पूरा गरी भविष्यको मार्ग देखाउने बलियो खुड्किलोको रुपमा लिँदै आएको थियो।
       नेपालको संविधान २०७२ भाग ३ मा मौलिक हकले  उल्लेख गरे अनुसार धारा ३१ मा शिक्षा सम्बन्धी हक समावेश गरिएको छ। प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ भनेर उल्लेख गरिएको छ। देशको मूल कानुनमा समावेश गरिएका विषय किन पूरा नभएका हुन् सरकार र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय को ध्यान केन्द्रित हुनुपर्ने देखिन्छ l कानुनमा उल्लेख गर्ने व्यवहारिक रुपमा लागु नगर्ने परिपाटीले कानुन नै फितलो भएको भान हुन्छ नै  शिक्षकलाई त्यस किसिमको शिक्षण गर्ने कला सिकाउने संरचना हुनु पर्छ अहिलेको समय भनेको प्रविधिको समय परीक्षामा अङ्कको थुप्रो भन्दा पनि प्राविधिकको ज्ञान र शिपले बढी अवसर पाउने समयमा घोकन्ते प्रणालीलाई नै परिमार्जन गर्दै विकास गर्नुपर्दछ।
शिक्षकलाई दिने तालिम र अभिमुखीकरणमा कमी भएको छ समयको मागसँगै विद्यार्थीलाई कसरी पढाउने भन्ने तरिका अपुक भएको देखिन्छ त्यसको परिणाम एइइँको नतिजामा आशाजनक नभएको विद्यार्थीको पढ्ने शैली परिवर्तन भएको छ भन्ने कुरा शिक्षकहरूले आफ्ना छोराछोरीबाट जानकारी पाउँछन्। तर त्यो परिवर्तन भएको शैलीमा विद्यार्थीलाई कसरी पढाउने भन्ने कला जान्न सकेनन्।        बालबालिकाको अन्तर् निहित क्षमताको प्रस्फुटन गराउन र शिक्षण सिकाइको दायरा फराकिलो बनाउन पाठ्यपुस्तक बाहेक विभिन्न प्रकारका सन्दर्भ सामग्री प्रयोग गरिनुपर्दछ।
 हरेक दिन नयाँ नयाँ सन्दर्भ सामग्री उपयोग गर्दै विद्यार्थीलाई चाहिने ज्ञान शिप व्यवहार सिकाउन सकेमा त्यस्तो सिकाई दिगो र प्रभावकारी हुनु जान्छ विद्यालयलाई विद्यार्थीले आफ्नो अधिकार उपयोग गर्ने आफ्नो विचार भावनालाई स्वतन्त्रपूर्वक व्यक्त गर्ने आफ्नो जीवनका बारेमा आफूले निर्णय गर्ने थलो भन्ने कुरा धेरै कम व्यक्तिहरुले मात्र सोचेका हुन्छन् विद्यालयको सिकाइ प्रक्रियामा अधिकार र रमाइलो भन्ने कुरा सायद कम मात्र हुन्छ कि जस्तो सोच्छन् l
 विद्यार्थीको रचनात्मक प्रतिभाका लागि साहित्य खेलकुद व्यायाम योगा अभ्यास शैक्षिक भ्रमण देखि वृक्षारोपण यस्ता अतिरिक्त क्रियाकलापले शिक्षण सिकाइमा टेवा पुर्‍याउँछ। शिक्षण विधि शिक्षण क्रियाकलाप तथा शिक्षण प्रक्रियाले सिकाइमा महत्त्वपूर्ण प्रभाव पारेको हुन्छ। विद्यार्थीको रुचि उमेर स्तर आवश्यकता र सिकाईको समय आदि पक्षलाई ध्यान दिई जटिल विषयलाई सरल ढंगले अध्यापन गर्नुपर्दछ। विद्यार्थीको सम्पूर्ण पक्षलाई ध्यान दिई विषयवस्तुप्रति उनीहरुको सुझाव केन्द्रित सरल अर्थपूर्ण र उद्देश्यमूलक बनाउन सक्नु शिक्षकको भूमिका रहन्छ l
    गुनासो सुनाई कार्यविधि २०७४ अनुसार सामुदायिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष सहित सदस्य गरी सो समिति रहने गरी कार्यविधि बनाइएको छ। कम्तिमा महिनाको एकपटक समितिको बैठक बस्न सक्ने व्यवस्था छ। गुनासो पेटिकामा परेका गुनासालाई सम्बोधन गर्न स्थानीय तहका सम्बन्धित निकाय संघसंस्था तथा व्यक्तिसँग आवश्यक समन्वय एवं सहकार्य तथा पैरवी गर्ने विद्यालयमा स्वतन्त्र र भयरहित रूपमा अध्ययन अध्यापन गर्ने वातावरण सिर्जना गर्न तथा त्यहाँ कुनै पनि किसिमको क्रियाकलाप हुन नदिन पहल गर्ने यस्तो अवस्था रहँदा समेत कतिपय विद्यालयमा गुनासो पेटीका नराखिएको गुनासो सुन्ने शिक्षक नतोकिएनु कारणले विद्यालयको कमजोरी रहन्छ।
    वातावरण मैत्री विद्यालय कक्षा कोठा शौचालय, पुस्तकालय ,विज्ञान प्रयोगशाला ,सूचना प्रविधि प्रयोगशाला हुनुपर्दछ। शौचालय भएपनि पानीको व्यवस्था नभएको पाइन्छ परीक्षामा अङ्कको थुप्रोभन्दा पनि प्रविधिको ज्ञान र शिपले बढी अवसर पाउने समय नै सुधार हुनु जरुरी देखिन्छ। अहिलेको शिक्षा पद्धति र नतिजा प्रकाशनको व्यवस्थाले युवा पुस्तालाई अघि बढ्न रोक लगाएको आभास भएको छ l विद्यार्थीहरू माथिल्लो कक्षामा भर्ना हुन नसक्ने र कक्षा १० सम्म पढ्दा केही सीप पनि हातमा नहुँदा उनीहरूको भविष्य नै अन्योलपूर्ण हुने अवस्था आउँछ। ‘पढी खाँदैनन् भने गरी खाने ‘ मेलोमा लिएर जानुपर्छ।
त्यसका लागि उनीहरूलाई विभिन्न माध्यमबाट सिकाउने व्यवस्था गर्ने र सिकेको सिपबाट उत्पादन भएका उत्पादनलाई स्थानीय तहबाट किन्ने व्यवस्था हुनुपर्छ हाम्रा शिक्षकहरुले विद्यार्थी बदलिएको कुरा बुझ्न सकेनन् र समयअनुसार आफूलाई अपग्रेड गर्न सकेनन् समयको मागसँगै विद्यार्थीलाई कसरी पढाउने भन्ने तरिका जानेनन् त्यसको परिणाम एसइइको नतिजामा स्पष्टसँग देखिन्छ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Back to top button

Adblock Detected

Please, off your Ad Blocker