मिति:- ३ कार्तिक २०८१, शनिबार | समय:-
अर्थ/वाणिज्यकर्णाली प्रदेशताजाखबरमुख्य खबर

कालीकोटमा प्रभु बैकको शाखा विस्तार

कालीकोट– बैकिंग सेवाको पहुचबाट टाढा रहेका नागरिकलाई लक्षित गरेर बित्तीय साक्षरता बढाउदै सहज सेवा प्रवाह गर्ने उद्देश्यले कालीकोटको सदरमुकाम मान्ममा प्रभु बैकको शाखा बिस्तार भएको छ । क वर्गको वाणिज्य बैकको रुपमा रहेको प्रभु बैकले ३०५ औं शाखाकोरुपमा मान्ममा आइतबारदेखि सेवा सुरु गरेको प्रबन्धक दिलिप उपाध्यायले बताउनु भयो ।
बैकको ब्यवसायिक संजाल विस्तार गर्दै देशभर शाखा कार्यालय संचालनमा ल्याएर सर्वसाधारणको घर आगनसम्म सरल र सहजरुपमा बैकिंग सेवा विस्तार गर्ने बैकले लक्ष्य लिएको छ । बैकले मान्म शाखामार्फत सर्वसाधारणलाई सेवा दिन सून्य लागतमा खाता संचालन गर्ने भएकोे छ ।

औपचारिक कार्यक्रम मार्फत केही समयपछि उद्घाटन गरिने बैकले आइतबार मान्म बजारका पण्डित जयचन्द्र अधिकारीबाट पूजा गरेर कामको सुरुवात गरेको ग्राहक तथा घरधनी खेमराज देवकोटाले बताए । उनको सुविधा सम्पन्न घरमा बैक बसेको छ ।
एक दशकअघिसम्म जिल्लाभर आर्थिक कारोबार गर्ने राष्ट्रिय वाणिज्य बैक मात्र रहेको कालीकोटमा सडक पहुचसगै संघीयतापछि सबै स्थानीय तह र सदरमुकाममा बैकका शाखा स्थापना भएका छन् । हाल कालीकोटमा राष्टिय वाणिज्य बैकका दुई, सानिमा बैकका दुई, ग्लोबल आइएमी बैकको दुई, नेपाल इन्भेष्टमेन्ट मेगा बैकको दुई, कृर्षि विकास बैकका चार, नबील बैकका दुई, एनआइसीको एक र प्रभु बैकको एक गरी १४ वटा बैकका शाखा संचालनमा छन् ।

 

मनिराज पाण्डे

पत्रकार मनिराज पाण्डे कालीकोटमा बसेर लामो समय देखि सूचना, संचार, प्रविधि र विकासका बिषयमा समाचार लेख्नु हुन्छ ।

Related Articles

Check Also
Close
Back to top button

Adblock Detected

Please, off your Ad Blocker