मिति:- १२ श्रावण २०८१, शनिबार | समय:-
अर्थ/वाणिज्यकर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचार

सङ्घीय अनुदान कर्णाली प्रदेशलाई सबैभन्दा बढी

कालीकाेट- सरकारले आउँदो आर्थिक वर्षका लागि वितरण हुने सङ्घीय अनुदान कर्णाली प्रदेशलाई सबैभन्दा बढी र मधेश प्रदेशलाई सबैभन्दा कम छुट्याइएको छ ।

कर्णाली प्रदेशलाई १६ अर्ब ३ करोड ८८ लाख र मधेश प्रदेशलाई ११ अर्ब ३५ करोड ७० लाख रुपैयाँ छुट्याइएको हो । कर्णाली प्रदेशलाई समानीकरणमा १० अर्ब ३६ करोड ६३ लाख रुपैयाँ, शसर्तमा ३ अर्ब ७१ करोड ५० लाख रुपैयाँ, विशेष अनुदान ६७ करोड २५ लाख रुपैयाँ र समपूरकमा एक अर्ब २८ करोड ५० लाख रुपैयाँ अनुदान दिइनेछ ।

मधेश प्रदेशलाई समानीकरणमा सात अर्ब ७९ करोड ९२ लाख रुपैयाँ र ससर्तमा तीन अर्ब ५५ करोड ७८ लाख रुपैयाँ, कोशी प्रदेशलाई १४ अर्ब ५४ करोड २६ लाख, बाग्मती प्रदेशलाई १४ अर्ब ७ करोड ५६ लाख, लुम्बिनीलाई १४ अर्ब १ करोड ९३ लाख, सुदूरपश्चिम प्रदेशलाई १३ अर्ब ८३ करोड २१ लाख र गण्डकी प्रदेशलाई १२ अर्ब ५८ करोड ५४ लाख रुपैयाँ अनुदान दिइने अर्थ मन्त्रालयले जनाएको छ ।

सरकारले प्रदेशलाई दिने अनुदान घटाएको छ भने पालिकाको बढाएको छ । चालू आर्थिक वर्षमा पालिकाहरुलाई दुई खर्ब ९५ अर्ब दुई करोड दुई लाख रुपैयाँ अनुदान छुट्याइएकोमा आउँदो आर्थिक वर्षका लागि तीन खर्ब १२ अर्ब ४२ करोड ६१ लाख रुपैयाँ अनुदान छुट्याइएको छ ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button