मिति:- ८ श्रावण २०८१, मंगलवार | समय:-
ताजाखबरमुख्य खबरसमाचारस्थानीय

कालीकोटमा ७ हजार भन्दा बढीले आईपिभि खोप लगाए

कालीकोट– स्वास्थ्य सेवा कार्यालय कालीकोटका अनुसार कालीकोटमा ७ हजार ३ सय ९३ जना बालबालिकाले आईपिभि खोप लगाएका छन् । कार्यालयले शनिबार सार्वजनिक गरेको तथ्याङ्कमा आईपिभि खोप अभियान २०८१ को कार्यतालिका अनुसार लक्षित सबै बालबालिकाले खोप सेवा पाएको बताइएको छ ।

 

कार्यालयले जेष्ठ १३ गते देखि १९ गते सम्म जिल्लाका बिभिन्न खोप केन्द्रहरुमा आईपिभि खोप अभियान संचालन गरेको थियो । जिल्लाका ९ वटा स्थानीय तह मध्य सान्नीत्रिवेणी गाउँपालिका बाहेक अन्य सबै पालिकाले लक्ष्य भन्दा बढी खोप लगाएका छन् ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button