मिति:- १२ श्रावण २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

कर्णाली प्रदेश माेवाइल ब्यवसायी महास‌घकाे अध्यक्षमा रावल

कालीकोट- कर्णाली प्रदेशमा पहिलो पटक नेपाल मोवाइल ब्यवसायी महासंघ कर्णाली प्रदेश शाखाकाे गठन भएको छ । कर्णाली प्रदेश मोवाइल ब्यवसायी महासंघको अध्यक्षमा अन्नपुर्ण इलोक्टोनिक्स एण्ड मोवाइल हाउसका प्रोप्राइटर भगत बहादुर रावल निर्बिरोध चयन भएका छन् । मोवाइल फोन बिक्री वितरण गरिरहेका कर्णाली प्रदेशका ब्यवसायीहरुको सकृयतामा नेपाल मोवाइल ब्यवसायी महासंघ कर्णाली प्रदेश समिति गठन गरिएको हो । शनिबार कर्णाली प्रदेशको राजधानी बीरेन्द्रनगर सुर्खेतमा बसेको बैठकले कर्णाली प्रदेश समितिलाई पुर्णता दिएको समितिका अध्यक्ष रावलले बताउनु भयो । महासंघले मोवाइल ब्यवसाय गरिरहेका ब्यवसायीहरुको ज्ञान सिप र क्षमता अभिबृद्धी गर्नुका साथै मोवाइल ब्यवसाय गरिरहेका ब्यवसायीहरुका समस्याहरुको समाधानका लागि पहल गर्ने बताइएको छ । महासंघले मोवाइलका नविनतम् आयमहरुको विकास र बिस्तारका क्षेत्रमा समेत कार्य गर्ने बताइएको छ ।

त्यस्तै समितिको उपाध्यक्षमा बालकृण बुढा, टेक बहादु थापा, महासचिवमा गोबिन्द्र कुमार थापा, सचिवमा गोबिन्द्र गौतम, कोषाध्यक्ष चन्द्र प्रसाद न्यौपाने, सहकोषाध्यक्षमा सारिक थापा र सदस्यहरुमा दशरथ नेपाली, गोपाल गौतम, जगत प्रसाद देवकोटा, यमलाल गौतम, राज बहादुर भण्डारी, बिष्णु रावत, मान बहादुर गैरे, अम्मर बहादुर नाथ, दुर्गा प्रसाद ज्ञावली, साजन बिष्ट, मग्रिव वल्स, युवराज बिसि, कबि सिह,नविन कुमार थापा, धन बहादुर बिष्ट, प्रकाश पन्ती, जनक प्रसाद गिरी, सुनिल प्रसाद देवकोटा, मान बहादुर श्रेष्ठ रहेका छन् । सबै जिल्लाहरु समेटेर तत्कालै प्रदेश समिति चयन गरिएको र आवश्यताका आधारमा पछिल्लो पुर्ण बैठकले संशोधन गर्न सक्ने समितिका महासचिव गोबिन्द्र कुमार थापाले बताउनु भयो । नेपाल मोवाइल ब्यवसायी महासंघले जेष्ठ २५ गते काठमाडौमा दाेस्राे महाधिबेशन तथा तेस्राे साधारणसभा आयोजना गर्न लागेको छ ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button