मिति:- ८ श्रावण २०८१, मंगलवार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

कालीकोटमा जिप दुर्घटना हुँदा १२ जना घाइते

कालीकोट–कर्णाली करिडोरअन्तर्गत पचाझरना–८ सिजाबगरमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । सान्नीत्रिवेणी–३ मानेगडाबाट पलाँता गाउँपालिकाको घाटचौरतर्फ जाँदै गरेको ग ३ च ६५०६ नम्बरको जिप बिहीबार राति दुर्घटना भएको हो । जीप दुर्घटनामा परि घाइते हुनेमा पलाँता गाउँपालिका २ बस्ने बर्ष १८ का पारस कामी, बर्ष ७० का जैमल कामी पलाँता गाउँपालिका ६ बस्ने वर्ष १९ का जनराज बिक, वर्ष २१ का राजन बिक, वर्ष ६५ का लाल बिक, वर्ष ३५ का धनीराम बिक, बर्ष २० की लक्ष्मी बिक, बर्ष ७ का पुष्कर बिक र बर्ष ७० का ऐमान बिक रहेका छन् ।

यसैगरि पलाँता गाउँपालिका ६ बर्ष ४२ का लालभक्त कामी, रास्कोट नगरपालिका ६ बस्ने बर्ष २२ का जिप चाकल दिनेश फर्साल, बर्ष १८ का सहचाकल रमेश फर्साल जीप दुर्घटनामा घाइते भएका छन् ।

घाइतेमध्ये ६ जनालाई थप उपचारका लागि कालीकोट जिल्ला अस्पताल मान्मले शुक्रबार बिहान सुर्खेत रिफर गरेको छ । जिप सडकबाट ५० मिटर तल भीरमा अडकिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी पोषण थापाले बताउनुभयो ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button