मिति:- २३ बैशाख २०८१, आईतवार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

जुम्लामा कृषि तथा पर्यटन महोत्सव हुने

कालीकाेट- बैशाख दोस्रो सातादेखि जुम्लामा कृषि तथा पर्यटन महोत्सव सुरु हुने भएको छ । कर्णालीको कृषि क्षेत्रको पहिचान गरेर पर्यटकहरु भित्र्याउने उदेश्यले जुम्ला सदरमुकाम खलंगाको राजासिममा वैशाख १२ देखि २३ गते सम्म महोत्सव आयोजना हुन लागेको हो । महोत्सवले जुम्लामा पाइने कृषि बस्तुहरुको प्रदर्शनी हुनुका साथै कला र संस्कृतिका माध्यमबाट कर्णालीको सुन्दरता चिनाउने लक्ष्य रहेको छ ।

राष्ट्रिय लोकदोहारी गीत प्रतिष्ठान जुम्लाको आयोजना र एके इभेन्ट बहुद्धेशीय प्रालि सुर्खेतको सहयोगमा महोत्सव हुन लागेको राष्ट्रिय लोकदोहारी गीत प्रतिष्ठान शाखा जुम्लाका सचिव विश्वराज खत्रीले जानकारी दिनु भयाे ।  फलफुलहरुमा स्याउ ओखर, बालीहरुमा मार्सीधान, मार्सी चामल, चिनो, कागुनो, फापर, सिमीको स्टलहरु समेत राखिने भएकाे छ ।

कपडाहरुमा परम्परागत राडीपाखीहरु, खरायोकाे राैहरुकाे टोपी राखिने भएकाे छ । बजारमा अधिक माग भएकाे तर मुल्य पाउन नसकेको कृषि जन्य बस्तुको बजारीकरणको लागि महोत्सवले सहयोग गर्ने जुम्लाका किसानहरुले बताएका छन् ।

उत्पादन वृद्धिसंगै कृषि क्षेत्रको महत्व प्रचारप्रसार गर्नका लागि बृहत् कृषि पर्यटन सांस्कृतिक महोत्सव हुन लागेको हाे ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Check Also
Close
Back to top button

Adblock Detected

Please, off your Ad Blocker