मिति:- २२ बैशाख २०८१, शनिबार | समय:-
अर्थ/वाणिज्यताजाखबरशिक्षास्थानीय

जीवन बीमा सम्बन्धी आधारभूत तालिम सम्पन्न

कालीकोट– हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड कालीकोट शाखाले जीवन बीमा सम्बन्धी एक दिने आधारभूत तालिम सदरमुकाम मान्ममा सम्पन्न गरेको छ । जीवन बीमा सम्बन्धी ब्यापक जनचेता जगाउने तथा नयाँ बीमितहरुका लागि बीमा सम्बन्धी जानकारी दिने उदेश्यले तालिमको आयोजना गरिएको हो ।

तालिमको सहजिकरण हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका जिल्ला शाखा प्रमुख करबहादुर शाही गर्नु भएको छ । प्राईम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स मिलेर बनेको हिमालयन लाइफ इन्स्योरेन्सले पहिलो पटक कालीकोटमा आधारभूत तालिम संचालन गरेको हो । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा कालीकोट शाखामा अहिले ३ हजार भन्दा बढी बीमित रहेको शाखा प्रमुख करबहादुर शाहीले बताउनु भयो ।

 

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Check Also
Close
Back to top button

Adblock Detected

Please, off your Ad Blocker