मिति:- २३ बैशाख २०८१, आईतवार | समय:-
ताजाखबरमुख्य खबरसुचना प्रबिधी

क्यान महासघ सुदुरपश्चिम प्रदेशको वार्षिक साधारण सभा सम्पन्न

कैलाली- क्यान महासघ सुदुरपश्चिम प्रदेशको साताैँ वार्षिक साधारण सभा धनगडीकाे इमेज हाेटलमा सम्पन्न भएकाे छ ।  सुदूरपश्चिम प्रदेश सरकारका उद्याेग, प्रर्यटन, वन तथा वातावरण मन्त्री मा. रमेश धामीकाे प्रमुख अतित्थ्यता, क्यान महासघ केन्द्रीय उपाध्यक्ष हर्क सेटिकाे विषाेश उपस्थिति र क्यान महासघ सुदुरपश्चिम प्रदेशका सल्लाहकार स‌योजक मनोहर श्रेष्ठकाे सहभागितामा साधारण सभा सम्पन्न भएकाे हाे ।

साधारण सभामा क्यान सुदुरपश्चिम प्रदेश कार्यसमिति सदस्य तथा  जिल्ला अध्यक्षज्युहरुको सहभागिता रहेकाे थियाे । सुदुरपश्चिम प्रदेशका सबै जिल्लाहरुमा बार्षिक साधारण सभा सम्पन्न भए पश्चात प्रदेशकाे साधारण सभा गरिएकाे क्यान सुदुरपश्चिम प्रदेशका सचिव नरेसिह धामीले बताउनु भयाे । साधारण सभाकाे अध्यक्षता क्यान महासघ सुदुरपश्चिमका अध्यक्ष धनबहादुर बाेगटीले गर्नु भएकाे थियाे । त्यस्तै मधेश र लुम्विनी प्रदेशमा ६ गते, काेशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशमा १३ गते साधारण सभा हुदै छन् । क्यान महासघले काेशी प्रदेशका १३ मधेश प्रदेश ८ बाग्मती प्रदेश १० गण्डकी प्रदेश ११ लुम्बिनी प्रदेश ११  कर्णाली प्रदेश १० र सुदुरपश्चिम प्रदेशका ९ जिल्लामा महासघका साधारण सभा भइरहेका छन् ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please, off your Ad Blocker