एसिया कै अग्लो पचालझरना भएको दाबी

मान्म- कालीकोटको पचालझरना नेपालको मात्र नभइ एसिया कै सबैभन्दा अग्लो झरना भएको दाबी गरिएको छ । झरना ३८१ मिटर अग्लाे रहेको गाउँपालिकाका अध्यक्ष देवराज शाहीले बताउनु भयाे ।
नेपालको सबैभन्दा अग्लो भनिएको तेह्रथुमको हृयातुङ झरनाको उचाई ३६५ मिटर मात्र छ । तर, हृयातुङ भन्दा पचाल झरनाको उचाई १६ मिटर बढी अग्लो रहेको छ। गाउँपालिकाले गरेकाे मापन अनुसार यो झरना विश्वकै ३० अग्ला झरनाहरुमा परेको छ । झरनाकै नाम बाट गाउँपालिकाको नाम राखिएकाे हाे ।
यो झरना अहिलेसम्म नेपाल पर्यटन बोर्डमा समेत सूचिकृत भएको छैन । अब झरनाको वास्तविक उचाई समेत पत्ता लागेकाले यसलाई नेपाल पर्यटन बोर्डमा सूचिकृत गराउनका लागि प्रकृया सुरु गर्ने गाउँपालिका अध्यक्ष शाहीले बताए ।
यसअघि स्थानीयले समिति बनाएर संरक्षणको काम गरिरहेकाे र औपचारिक रुपमा सूचिकृत गराउन प्रकृया सुरु गरिएकाे अध्यक्षले बताउनु भयाे ।गाउँपालिकाले झरनासम्म पुग्नका लागि बाटो, बसोबासको व्यवस्था मिलाएर पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने लक्षका साथ योजना तथा कार्यक्रम अघि बढाएको छ । पचालझरना घुम्नका लागि असार पहिलो हप्ता देखि असोज अन्तीम सम्मको समय प्रभावकारी मानिन्छ ।
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino activities.
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino bonus.