
कालीकोट– कर्णाली करिडोरको खुलालु–सल्लीसल्ला सडक योजना अन्तरर्गत कर्णाली नदीको खुलालु सडक सात दिनलाई बन्द हुने भएको छ । खुलालु पुल नजिकै सडकको स्तर उन्नती कार्य गर्नु पर्ने भएकाले सात दिनका लागि सडक बन्द हुन लागेको हो । सडकको स्तर उन्नती गर्नका लागि जेष्ठ १ गते देखि सात दिनका लागि सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय कालीकोटका सूचना अधिकारी सरोज अधिकारीले बताउनु भयो । कर्णाली करिडोर हुदै कालीकोटको नहरीनाथ, सान्नीत्रिणेणी, पचालझरना, पलाँता गाउँपालिका र रास्कोट नगपालिका आउ जाउ गर्ने सवारी साधन सात दिन सम्म बन्द रहने भएका छन् । त्यस्तै बाजुरा र हुम्लाको सल्लीसल्ला सम्म पुग्ने मालबहाक तथा अन्य यातायातका साधनहरु समेत बन्द हुने जिल्ला प्रशासन कार्यालय कालीकोटको सूचनामा उल्लेख गरिएको छ ।