मिति:- ९ श्रावण २०८१, बुधबार | समय:-
मुख्य खबरसमाचारसुचना प्रबिधीसुदुरपश्चिम प्रदेश

कैलालीको धनगडीमा क्यान इन्फोटेक मेला सुरु हुदै

कैलाली- कम्प्युटर एशोसिएसन महासंघ नेपाल जिल्ला शाखा कैलालीले धनगढीमा सूचना प्रबिधि मेला क्यान इन्फोटेक २०२३ को दोश्रो संस्करण गर्ने भएको छ । फागुन १६ गते देखि २० गते सम्म क्यान इन्फोटेक मेलाको दास्रो संस्करण सुरु हुने आयोजक संस्थाले जनाएका्े छ । पहिलो इन्फोटेक मेला भएको करिव सात बर्षपछि पुनः दोश्रो संस्करणको क्यान इन्फोटेक मेला आयोजना गर्न लागिएको हो ।
मेलामा सूचना प्रविधिको बारेमा जानकारी दिने, नविनतम प्राविधिका सामग्रीको प्रदर्शनी गर्ने, साईबर सेक्युरेटि सम्बन्धी जानकारी दिन कम्यूटर एशोसिएसन महासंघ नेपाल कैलाली शाखाका जिल्ला अध्यक्ष यज्ञराज ओझाले बताउनु भयो ।

इन्फोटेक मेला ब्यवस्थापनका लागि निर्देशक टेकराज पनेरु र मुल संयोजक नरेशसिंह धामीको संयोजकत्वमा बिभिन्न समिति गठन गरिएको बताइएको छ । महासंघका केन्द्रिय उपाध्यक्ष हर्क सेट्टीका अनुसार सौराई पाटी प्यालेस शहिद गेट धनगडीमा मेला संचालन गरिने भएको छ । नविनतम् ज्ञान,सिप र प्रबिधिका बारेमा उच्चतम जानकारी दिने उदेश्यले मेलाको आयोजना गरिएको केन्द्रिय उपाध्यक्ष सेट्टीले बताउनु भयो ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button